default_image

6 years ago

November 26, 2018

संकटालाई ५-१ ले हराउँदै अार्मी शीर्षस्थानमा

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको पहिलो खेलमा त्रिभुवन अार्मी क्लबले सीएमजी क्लब संकटालाई ५-१ ले पराजित गरेको छ । अार्मीको जितमा टेकबहादुर बुढाथोकीले २ गोल गरे ।

संकटाले एलोन म्याक्सवेलको नवौं मिनेटको गोलमा अग्रता लिएको थियो । टेकबहादुरले गोलरक्षक अगाडी बढेको मौकाको फाइदा उठाउँदै १७ औं मिनेटमा बराबरी गोल गरे । त्यो जारी लिगको ५० औं गोल पनि थियो । आर्मीका लागि कप्तान भरत खवासले २९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।

दोस्रो हाफमा अार्मीले अाक्रमणलाई जोड दिँदै ३ गोल थप्यो । खेलको ६३ अौं मिनेटमा सन्तोष तामाङले फ्रिकिकमा गोल गर्दै अार्मीलाई २ गोलको अग्रता दिलाए । त्यसको दुई मिनेटमै टेकबहादुरले व्यक्तिगत दोस्रो गोल गरे । ७५ अौं मिनेटमा दीनेश हेन्जनले गोल गर्दै फराकिलो जित सुनिश्चित गरे ।

यस जितसँगै अार्मी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ४ खेलमा अार्मी ३ जित र १ बराबरीसँगै १० अंक जोड्न सफल भएको छ ‌।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.