6 years ago
November 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपीएफ क्लब र आयोजक त्रिभुवन आर्मी क्लब प्रधान सेनापति छैटौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५ को फाइनलमा पुगेका छन् । सोमबार भएको सेमीफाइनलमा आर्मीले प्रदेश२ तथा एपीएफले नेपाल पुलिस क्लबलाई पराजित गरेको हो ।
भद्रकालीस्थित सेनाको मुख्यालयमा आर्मीले प्रदेश २ लाई ४-० ले पराजित गर्यो । आर्मीको जितमा कृष्णा खत्री, इन्दिरा राई, शर्मिला थापा मगर र सपना लामाले गोल गरे । आर्मीलाई कप्तान कृष्णा खत्रीले ३७ औं मिनेटमा सुरुवाती अग्रता दिलाएकी थिइन् ।
दोस्रो हाफमा आर्मीले ३ गोल थप्यो । कृष्णा खत्रीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा इन्दिराले गोल गरिन् । शर्मिलाले ५८ औं मिनेटमा गोल गर्दै ३ गोलको अग्रता दिलाइन । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सपना लामाले ६७ औं मिनेटमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरिन् । खेलको म्यान अफ द म्याच घोषित आर्मीकी दिपा राईले ५ हजार रुपैयाँ प्राप्त गरिन् ।
त्यसअघि एपीएफले सावित्रा भण्डारीको २ तथा प्लेयर अफ द म्याच अनिता बस्नेतको एक गोलको मदतले ३-० को जित दर्ता गर्यो । एपीएफले पहिलो हाफको ३५ अौं मिनेटमा अग्रता लिएको थियो । सावित्रा भण्डारीले अनिता बस्नेतको पासलाई सदुपयोग गर्दै गोल गरेकी थिइन् ।
दोस्रो हाफमा एपीएफले दुई गोल थप्यो । अनिता बस्नेतले ६९ अौं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट उत्कृष्ट गोल गरिन् । त्यसको एक मिनेटमै एपीएफले पेनाल्टी पायो । मोनिका पुलामी मगरले गोललाइन नजिक ह्यान्ड गरेपछि रेफ्री पदम भुजेलले सिधै रातो कार्ड देखाएका थिए । सावित्राले पेनाल्टीमा सहजै गोल गर्दै एपीएफको जित पक्का गरिन् । म्यान अफ द म्याच घोषित एपीएफकी अनिता बस्नेतले ५ हजार रुपैयाँ प्राप्त गरिन् ।
December 15, 2024
हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]