7 years ago
November 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले मंसिर २२ देखी सुरु हुने तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को लागि दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै इंग्ल्यान्डका जोन सिम्पसनलाई टोलीमा भित्र्याएको जनाएको छ । यसअघि चितवन टाइगर्सले टेस्ट राष्ट्र आयरल्यान्डका विष्फोटक ओपनर ब्याट्सम्यान पाउल स्टर्लिङलाई पहिलो विदेशी खेलाडीको रुपमा भित्र्याई सकेको छ ।
सिम्पसन इंग्ल्यान्डबाट १ सय ४० प्रथम श्रेणी, ८४ लिष्ट ए र ९४ टी–२० खेल खेलेका छन् । उनले प्रथम श्रेणीमा ५ हजार ८ सय २७ रन बनाएका छन् । जस्मा ५ शतक, ३३ अर्ध शतक सामेल रहँदा १ सय ४३ उच्च स्कोर रहेको छ । त्यस्तै टी–२० खेलमा उनले १ सय २८.५७ को स्ट्राइक रेटमा कुल १५ सय ५७ रन जोडेका छन् । जस्मा ८४ नट आउट उच्च स्कोर हुँदा कुल १ सय १३ चौका र ५४ छक्का प्रहार गरेका छन् ।

चितवनले यस अघि इङ्ल्यान्डका म्याक्स होल्डेन र न्युजिल्यान्डका जेम्स फुलरलाई टोलीमा अनुबन्ध गरेको थियो । तर म्याक्स इङ्ल्यान्डको लिष्ट ‘ए’ टोलीमा परेको ब्यस्त तालिका र फुलर पारिवारीक कारण आउन नसक्ने बताएपछि अन्य विदेशी खेलाडी भित्र्याउन लागेको हो । दिपेन्द्र सिंह ऐरी कप्तान रहेको चितवनमा पृथु वास्कोटा,दिलिप नाथ,भिम सार्की,ललितसिंह भण्डारी,साहव आलम, कमलसिंह ऐरी जस्ता क्रिकेटर रहेका छन् ।
चितवनले बुधबार भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई टोलीको जर्सी हस्तान्तरण गरेको थियो । चितवनले ट्यालेन्ट हन्टसँगै टोलीको प्रशिक्षण पनि चितवनमै बुधबारदेखि सुरु गरेको छ ।

चितवनले यस वर्ष सुवास खकुरेल,योगेन्द्र सिंह कार्की र सुनाम गौतमलाई रिलिज गर्दै आदिल खान,सागर ढकाल र इशान पाण्डेलाई टोलीमा अनुबन्ध गरेको छ । इपीएलमा चितवनले पहिलो खेल ललितपुरसँग मंसिर २३ मा खेल्ने छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]