default_image

7 years ago

December 1, 2018

च्यासलमाथि संकटाको जित

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार एपीएफ रंगशालामा भएको पहिलो खेलमा सीएमजी क्लब संकटाले भ्याली च्यासल युवा क्लबलाई २-१ ले पराजित गरेको छ ।

संकटाका लागि अमित तामाङले २२ अौं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । संकटका फरवार्ड सेड्रिक अबाले पेनाल्टी क्षेत्रभित्रबाट दिएको क्रस च्यासलका छिरिङ गुरुङले हातले रोकेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अमितले पेनाल्टीलाई गोलमा परिणत गर्दै संकटालाई खेलमा अगाडी बढाए ।

दोस्रो हाफको सुरुवाती समयमा संकटाले अग्रता दोब्बर पार्यो । एलोन म्याक्सवेलले ४९ अौं मिनेटमा गोल गरे । नितिन थापाको क्रसलाई गोलमा परिणत गर्दै उनले दुई गोलको अग्रता बनाए । च्यासलले खेलको  ३ मिनेटसमय बाँकी रहँदा गोल फर्कायो ।

सन्तोष साहुखललाई सरोज दाहालले पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले च्यासल लाई पेनाल्टी दिएका थिए । सन्तोषले पेनाल्टीमा गोल गर्दै संकटाको अग्रता घटाए । थप समयमा गोल गर्न नसक्दा च्यासलले लगातार हार बेहोरेको हो ।

संकटा यस जितसँगै अंक तालिकामा ५ खेलमा १२ अंक जोड्न सफल भएको छ । च्यासल भने ५ खेलमा ३ हार, १ जित र १ बराबरीसहित ४ अंकमै अडेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.