7 years ago
December 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर अन्जन विष्टले र अोलावले अाफिजले १-१ गोल गरेपछि पल्सर सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले सरस्वती युवा क्लबले २-० ले पराजित गरेको छ । यस जितसँगै मनाङले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ ।
गोलरहित पहिलो हाफपछि मनाङले अन्जनको गोलमा अग्रता लिएको थियो । अन्जनले ५५ अौं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट उत्कृष्ट भली गोल गरे । विमल रानामगरले बलमा नियन्त्रण गुमाएपछि छुटेको बलमा अन्जनले भली प्रहार गरेका थिए ।
अोलावाले अाफिजले ७८ अौं मिनेटमा मनाङको अग्रता दोब्बर पारे । विमल राना मगरको लामो पासलाई पहिलो टचमा नियन्त्रण गर्दै अाफिजले दोस्रो टचमा उत्कृष्ट फिनिस गरे ।
यस जितसँगै मनाङले शीर्ष स्थानमा ३ अंकको अग्रता कायम गरेको छ । शत प्रतिशत जित दर्ता गरेको मनाङको ५ खेलमा १५ अंक छ । मनाङलाई रुस्लान थ्री स्टार र संकटाले १२ अंक जोड्दै पछ्याइरहेका छन् । सरस्वतीले भने ५ खेलमा ६ अंक हासिल गरेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]