default_image

6 years ago

December 5, 2018

रुस्लान थ्री स्टार र सरस्वती खेल्दै

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार रुस्लान थ्री स्टार क्लबले सरस्वती युवा क्लबको सामना गर्दैछ । खेल हल्चोकस्थित एपीएफ रंगशालामा दिउँसो २:३० बजे हुनेछ ।

थ्री स्टारले लिगको ५ खेलमा ४ जित दर्ता गर्दै १२ अंक जोडेको छ । तेस्रो खेलमा मनाङसँग २-१ ले पराजित भएयता थ्री स्टारले लगातार दुई जित दर्ता गरिसकेको छ । पछिल्लो खेलमा न्यू रोड टिम (एनअारटी) लाई २-० ले‌ पराजित गर्दा फरवार्ड रन्जन विष्टले २ गोल गरेका थिए । उनले जारी लिगमा ४ खेल सुरुवात गर्दै ४ गोल गरेका छन् ।

यता सरस्वती लगातार दुई खेल जितेपछि पछिल्लो खेलमा भने मनाङसँग पराजित हुन पुग्यो । ५ खेलमा ६ अंक जोडेको सरस्वतीले मनाङलाई निकै कठिन चुनौती प्रस्तुत गरेको थियो । विदेशी खेलाडी अाएपछि सरस्वतीको प्रदर्शनमा सुधार अाएको छ । थ्री स्टारले डिफेन्स तोड्न निकै कसरत गर्नुपर्ने हुन्छ ।

ययसखेल जितेमा थ्री स्टारले संकटसँग अंक बराबरी गर्दै दोस्रो स्थानमा उक्लने मौका पाउनेछ । मनाङले पहिलो खेलमा अंक गुमाएको खण्डमा थ्री स्टारले जित हात पारे शीर्षस्थानमा अग्रता पनि घटाउनेछ ।

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

Success

Thank you for your time.