default_image

5 years ago

December 10, 2018

रक्षक सुमन सईमा बढुवा , फुटबलमा फर्कने आशा

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल खेलाडी सुमन सुवेदी असई (प्रहरी सहायक निरिक्षक) बाट सई (प्रहरी नायब निरक्षक) मा बढुवा भएका छन् । मसिर २० गते बढुवा भएका सुमनलाई सोमबार आयोजित कार्यक्रममा एआइजी धिरु बस्नेतले फुली लगाई दिएका थिए । फुटबल खेलाडीका रुपमा प्रहरीमा प्रवेश गरेका सुमनले पटक पटक बढुवा हुँदै १४ वर्षमा सई बनेका हुन् […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल खेलाडी सुमन सुवेदी असई (प्रहरी सहायक निरिक्षक) बाट सई (प्रहरी नायब निरक्षक) मा बढुवा भएका छन् । मसिर २० गते बढुवा भएका सुमनलाई सोमबार आयोजित कार्यक्रममा एआइजी धिरु बस्नेतले फुली लगाई दिएका थिए ।

फुटबल खेलाडीका रुपमा प्रहरीमा प्रवेश गरेका सुमनले पटक पटक बढुवा हुँदै १४ वर्षमा सई बनेका हुन् । उनी २०६२ को जेठमा पुलिसमा भर्ती भएका थिए । उनले फुटबलकै कारण आफु यहाँ सम्म आउन सफल भएको सुमनले बताए ।

‘यति बेला परिवार, साथीभाई, नेपाल प्रहरी, प्रशिक्षक र समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु,’रक्षक उनले भने, जसले मलाई लगातार साथ दिनु भयो र आज म यहाँ सम्म आउन सफल भएको छु ।’ २०६१ महावीर क्लबबाट ए डिभिजन लिग खेलेका ३२ वर्ष  सुमन अर्को वर्ष पुलिसमा आबद्ध भएका थिए । घुँडामा चोट लागेपछि पछिल्लो दुई वर्षयता भने उनी मैदान बाहिर छन् ।

उनले मैदान फर्कन प्रयास गरिरहेको समेत बताएका छन् ।’ चोट ठिक भइसकेको छ । अभ्यास पनि थालिसकेको छु,’ उनले भने, ‘अब फिट हुने कोशिस गरेको छु । विश्वास छ फेरि फुटबलमा फर्कने छु ।’ राष्ट्रिय टोलीबाट ११ क्याप जितेका सुमन धरानका स्थायी बासिन्दा हुन् ।

पुलिसले २०६३ देखि लागतार तीन पटक सहिद स्मारक ए डिभिजन लिग र २०६८ मा राष्ट्रिय लिग जित्दा सुमन टोलीका महत्वपूर्ण सदस्य रहेका थिए । उनले पुलिसबाट देश भित्रका अधिकांश नकआउट प्रतियोगिता जितेका छन् ।

April 28, 2024

माडुएके चम्कँदा चेल्सी हारबाट जोगियो

एजेन्सी – विंगर नोनी माडुएकेले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि दुई गोलले पछि परेको स्थितिमा पूनरागमन गर्दै लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा हार टारेको छ । चेल्सीले प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको एस्टन भिल्लालाई २–२ गोलको बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो । भिल्ला पार्कमा शनिबार राति भएको खेलमा घरेल टोलीका […]

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

Success

Thank you for your time.