म्याड्रिड (एजेन्सी)– ब्यालोन डी’ ओर विजेता रियल म्याड्रिडका लुका मोड्रिचले एक शब्दमा आफ्नो लागि सन् २०१८ उदेकलाग्दो बताएका छन् । वर्षलाई उत्कृष्ट ढंगमा अन्त्य गर्ने क्रममा अब क्लब विश्व कपको उपाधि जित्न चाहेको पनि बताएका छन् ।
यो वर्ष रियलबाट च्याम्पियन्स लिग उपाधि उचालेका मोड्रिचले यहि वर्ष क्रोएसियाको राष्ट्रिय टोलीलाई विश्व कपको फाइनल सम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । विश्व कपमा गोल्डेन बल जितेका उनले वेस्ट फिफा मेन्स प्लेयर अवार्ड पनि हात पारेका थिए । ‘मेरो लागि यो वर्ष निकै अच्चमको रह्यो , ‘क्लब विश्व कप अघि मोड्रिचले भने,’ क्लब विश्व कप जित्दै हामी वर्षको अन्त्यलाई सुखद बनाउन चाहन्छौं ।’
पछिल्लो १२ महिना मोड्रिचको खेल जीवनमा अर्थपूर्ण रह्यो । उनले नयाँ चुनौतिका लागि तयार देखिन्छन् । ‘सिजनको सुरुवातको अवस्थामा भन्दा म अहिले ठिक छु ।मैले लयमा आउन संघर्ष गरेको छु , ‘उनले स्मरण गरे, ‘यहाँ सम्मकी विश्व कप पछि पनि मेरो लागि निकै कठिन रह्यो । म मानसिक र शारीरिक रुपमा थोकेको थिए । तर पछिल्लो केहि खेल देखि म सहज महसुस गरिरहेको छु ।’
मोड्रिचले रियलले उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् । ‘हामी उपाधि जित्ने लक्ष्यका साथ जाने छौं,’ उनले भने, ‘मैदानमा हाम्रो कोसिस त्यहि हुनेछ । हाम्रो टोलीमा अझै सुधारको खाचो छ । त्यो उपाधि जित्न सके त्यसले हाम्रो मनोबल बढाउनेछ ।’