default_image

5 years ago

December 18, 2018

दर्ता नभएका खेलाडी मैदान छिरेपछि…

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार मछिन्द्र क्लब र नेपाल एपीएफ क्लबको खेलमा खेलाडी सुचिमा नाम नभएका खेलाडी मैदान उत्रिए । मछिन्द्रले खेलाडी सुचिमा नाम नभएका मिडफिल्डर विवेक पण्डितलाई वैकल्पिक खेलाडीका रुपमा मैदानमा छिराएको थियो । खेलको ६१ औं मिनेटमा विकास राईको स्थानमा उनी मैदान प्रवेश गरेका थिए । […]

26 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार मछिन्द्र क्लब र नेपाल एपीएफ क्लबको खेलमा खेलाडी सुचिमा नाम नभएका खेलाडी मैदान उत्रिए ।

फाइल तस्बिर

मछिन्द्रले खेलाडी सुचिमा नाम नभएका मिडफिल्डर विवेक पण्डितलाई वैकल्पिक खेलाडीका रुपमा मैदानमा छिराएको थियो । खेलको ६१ औं मिनेटमा विकास राईको स्थानमा उनी मैदान प्रवेश गरेका थिए । विवेक मैदान छिरेको एक मिनेटपछि नै रेफ्रीले उक्त गल्ति थाहा पाएपछि उनलाई मैदानबाहिर निकाले र फोर्थ अफिसियल बेन्चमा लागे ।

मैदानका अफिसियल र मछिन्द्रका अफिसियलबीच केहिबेर छलफल पछि दुवै तर्फबाट गल्ति भएको निष्कर्ष निस्कियो । ५ मिनेटसम्म मछिन्द्र १० खेलाडीमा सिमित भयो । ६७ औं मिनेटमा संजिव अर्याल मैदान प्रवेश गरे । एन्फाले औपचारिक म्याच रिपोर्टमा भने विकास राई र संजिव अर्याल खेलाडी परिवर्तन भएको देखाएको छ ।

वैकल्पिक खेलाडीमा समेत नाम नभएका खेलाडी बेन्चमा पनि बस्न पाउनु हुँदैन । तर विवेकले टोलीको वार्म अपदेखि खेल दौरान बेन्चमा बस्ने मात्र हैन मैदान प्रवेश गरेर एक मिनेट खेले पनि । फितलो लिग व्यवस्थापनका कारण टिम बेन्चमा बस्ने खेलाडी र अफिसियलबारे एन्फाले बिरलै हेक्का पुर्याउँदै आएको छ ।

खेलका म्याच कमिस्नर एन्फाका उपाध्यक्ष समेत रहेका कृष्ण थापा रहेका थिए । उनलेछिट्टै यसबारे विस्तृत छानबिन हुने बताए । ‘सेक्युरिटी र क्लबको गल्तीमा यस्तो हुन गएको हो । हामीले थाहा पाउने बित्तिकै उक्त खेलाडीलाई मैदान र प्लेईङ बक्सबाट निकालेर प्याराफिटमा पठायौ । त्यसपछि प्लेइङको खेलाडी मैदान पठायौ,’ उनले थपे,’ कारवाहीको विषयमा खेलाडी कसरी प्लेइङ बक्समा गयो भन्ने विषयमा अध्ययन गरिनेछ । रेफ्रि, फोर्थ अफिसयल र जनरल को-अर्डिनेटरबीच छलफलपछि निष्कर्ष निकाल्नेछौं ।’

सामान्यतया खेलमा दर्ता नगरिएका खेलाडीलाई मैदान उतार्दा त्यसो गर्ने टोलीलाई ३-० को हार र अन्य आर्थिक कारवाही गरिने प्रावधान छ । अन्तर्राष्ट्रिय फुटबलमा बेलाबेलामा दुई पहेंलो कार्ड पाएपछि खेलाडी प्रतिबन्ध हुँदा पनि खेलेको अवस्था धेरैपटक दोहोरिएको छ । तर खेलाडी सुचिमा दर्ता नभएको नाम नै मैदानमा उत्रँदा प्रतियोगिता नियमावलीमा उल्लेख भएअनुसार कारवाही हुनेछ । यदि त्यसो पनि नभएको अवस्थामा फिफाको नियम लागु हुने प्रावधान रहेको छ ।

क्लबका प्रशिक्षक रहेका निशान श्रेष्ठले भने आफूले उनलाई खेलाडी सुचिमा राखेको तर लेख्ने मान्छेले गल्ति गरेको भन्दै पन्छिए । सहिद स्मारक ए डिभिजन लिगका निर्देशक संजिव मिश्रले आफू यस विषयबारे जानकार नरहेको र छिट्टै यसबारे बुझेर निर्णय लिइने जानकारी दिए ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.