default_image

5 years ago

December 20, 2018

सुदूरपश्चिम ११ र आयोजक मदरल्याण्ड उपाधिका लागि भिड्ने

धनगढी (हाम्रो खेलकुद) – आयोजक मदरल्यान्ड युवा क्लब ए र सुदूरपश्चिम ११ स्पोर्टस क्लब मदरल्यान्ड युथ कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । कैलालीको गोदावरी नगरपालिको जोनापुरमा जारी प्रतियोगितामा बिहीबार सुदूरपश्चिम ११ ले पिएफएलाई १–० ले र आयोजक टोलीले फारवेष्ट पशुपतिलाई ३–१ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । सुदूरपश्चिमको जितमा सुरेश […]

23 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – आयोजक मदरल्यान्ड युवा क्लब ए र सुदूरपश्चिम ११ स्पोर्टस क्लब मदरल्यान्ड युथ कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

कैलालीको गोदावरी नगरपालिको जोनापुरमा जारी प्रतियोगितामा बिहीबार सुदूरपश्चिम ११ ले पिएफएलाई १–० ले र आयोजक टोलीले फारवेष्ट पशुपतिलाई ३–१ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । सुदूरपश्चिमको जितमा सुरेश रानाको गोल निर्णायक बन्यो । उनले ११ औं मिनेटमा गोल गरेका थिए । सुरेश नै खेलको म्यान अफ दी म्याच चुनिए ।

अर्को खेलमा आयोजक मदरल्याण्डको जितमा जीवन चौधरी नायक रहने । उनले दोस्रो हाफमा ह्याट्रिक पुरा गरे । जीवनले दोस्रो हाफको १७ औं, ३० औं र इन्जुरी समयको २ मिनेटमा गोल गरे । फारवेष्ट पशुपतिका लागि भने दोस्रो हाफको ११ औं मिनेटमा चेतन कठायतले गोल गरेका थिए ।

मदरल्याण्डका जीवन खेलको म्यान अफ दी म्याच घोषित भए । । फाइनल शनिबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.