default_image

5 years ago

December 22, 2018

म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग स्तब्ध

इतिहाद (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग स्तब्ध बनेको छ । सिटी घरेलु मैदानमा क्रिस्टल प्यालेससँग ३–२ ले स्तब्ध बनेको हो । घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार भएको खेलमा सिटीलाई स्तब्ध बनाउन क्रिस्टल प्यालेसका जेफ्री स्कुलप, एन्ड्रोस टाउनसेन्ड र लुका मिलीभोजेभिकले गोल गरे । घरेलु टोलीका लागि इकेए गुन्डोगान र केभिन […]

23 views

0 Bookmark

इतिहाद (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग स्तब्ध बनेको छ । सिटी घरेलु मैदानमा क्रिस्टल प्यालेससँग ३–२ ले स्तब्ध बनेको हो ।

घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार भएको खेलमा सिटीलाई स्तब्ध बनाउन क्रिस्टल प्यालेसका जेफ्री स्कुलप, एन्ड्रोस टाउनसेन्ड र लुका मिलीभोजेभिकले गोल गरे । घरेलु टोलीका लागि इकेए गुन्डोगान र केभिन डि ब्रुयनले गोल गरे ।

सिटीले खेलको २७औं मिनेटमा गुन्डोगानको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो । क्रिस्टल प्यालेसका जेफ्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसको २ मिनेटपछि नै एन्ड्रोसले गोल गरेपछि क्रिस्टलले खेलमा २–१ को अग्रता बनायो ।

५२औं मिनेटमा केयल वार्करले बक्सभित्र एन्ड्रोसलाई फल गरेपछि क्रिस्टल प्यालेसले पेनाल्टीको मौका पाएको थियो । जसलाई लुका मिलीभोजेभिकले सदुपयोग गरेपछि क्रिस्टल प्यालेसले खेलमा ३–१ को अग्रता बनायो ।

खेलमा ३–१ ले पछि परेपछि सिटीले दवाव सिर्जना गर्दै एक गोल थपेपनि त्यो जितको लागि पर्याप्त बनेन । ८८औं मिनेटमा केभिन डि ब्रुयनले गोल गरेपनि टिमलाई जिताउन सकेन ।

हारपछि सिटीले शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी छोट्याउने मौका गुमाएको छ । सिटीको १८ खेलबाट ४४ अंक छ । शीर्ष स्थानको लिभरपुलको ४८ अंक छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.