लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी घरेलु मैदानमा लेस्टर सिटीसँग १–० ले पराजित भएको छ ।
प्रतिस्पर्धामक बनेको खेलको दोस्रो हाफमा जेमी भार्डीले गरेको गोल नै लेस्टरको जितमा निर्णायक बन्यो । भार्डीले ५१ औ मिनेटमा गोल गरेका थिए । खेलभर घरेलु टोली चेल्सीले पकड बनाएपनि लेस्टरको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा लेस्टरसँग पराजित हुन पुग्यो । प्रिमियर लिगमा चेल्सीको यो तेस्रो हार हो । यसअघि चेल्सी टोटेनहम र वल्भ्ससँग पराजित भएको थियो ।
चेल्सीको लेस्टरको पोस्टमा १७ प्रहार गरेपनि गोल गर्न असमर्थ रह्यो । यता लेस्टरले भने उक्त अग्रता बचाइराख्न सफल भयो ।
बराबरीपछि चेल्सी ३७ अंकसहित चौथो स्थानमा यथावत रहेको छ । लेस्टर २५ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।
प्रिमियर लिगको अन्य खेलको नतिजाहरु
आर्सनल विरुद्ध बर्नली (३–१)
बोर्नमाउथ विरुद्ध ब्राइटन (२–०)
हडर्सफिल्ड विरुद्ध साउथह्याम्पन (१–३)
म्यानचेस्टर सिटी विरुद्ध क्रिस्टल प्यालेस (२–३)
न्यु क्यास्टल विरुद्ध फुलहम (०–०)
वेस्टह्याम विरुद्ध वाट्फोर्ड (०–२)