default_image

5 years ago

December 25, 2018

मिडफिल्डर मिखटरियान ६ साता मैदान बाहिर

एजेन्सी – अर्मेनिया तथा इंग्लिस क्लब आर्सनलका मिडफिल्डर हेनरिक मिखटरियान ६ साता मैदान बाहिर रहने भएका छन् । २९ बर्षीय मिखटरियानले कारवाओ कप अन्तरगत टोटेनहमविरुद्ध पराजित भएको खेलमा खुट्टामा चोट बोकेपछि ६ साता मैदान बाहिर रहने क्लबले जनाएको छ । मिखटरियानको दाहिने खुट्टाको पैताला फ्याक्चर भएको छ । मिखटरियानको चोट ठिक हुन कम्तीमा पनि ६ […]

24 views

0 Bookmark

एजेन्सी – अर्मेनिया तथा इंग्लिस क्लब आर्सनलका मिडफिल्डर हेनरिक मिखटरियान ६ साता मैदान बाहिर रहने भएका छन् ।

२९ बर्षीय मिखटरियानले कारवाओ कप अन्तरगत टोटेनहमविरुद्ध पराजित भएको खेलमा खुट्टामा चोट बोकेपछि ६ साता मैदान बाहिर रहने क्लबले जनाएको छ ।

मिखटरियानको दाहिने खुट्टाको पैताला फ्याक्चर भएको छ । मिखटरियानको चोट ठिक हुन कम्तीमा पनि ६ साता लाग्ने डक्टरहरुले बताएका छन । यससँगै मिखटरियानले लिगका महत्वपूर्ण खेलहरु गुमाउने छन् ।

चोटकै कारण बर्नलीविरुद्धको टिममा नरहेका मिखटरियानले लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीविरुद्धको खेलहरु गुमाउने भएका हुन् । मिखटरियानले यो सिजन ४ गोल गर्दै ३ गोलका लागि सहायता गरेका छन् ।

लिगको आधा चरणको खेल सकिन लाग्दा आर्सनल पाँचौ स्थानमा छ । आर्सनलको १८ खेलबाट ३७ अंक छ । समान खेलबाट समान ३७ अंक रहेको चेल्सी गोलअन्तरमा चौथो स्थानमा छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.