default_image

5 years ago

December 27, 2018

हजार्डको २ गोलमा चेल्सी विजयी

वाटफोर्ड (एजेन्सी) – बेल्जियन फरवार्ड इडेन हजार्डको दुई गोल मद्दतमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा वाटफोर्डका रोबर्टाे पेरेराले एक गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा हजार्डले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले माटियो कोभासिकले उपलब्ध गराएको […]

25 views

0 Bookmark

वाटफोर्ड (एजेन्सी) – बेल्जियन फरवार्ड इडेन हजार्डको दुई गोल मद्दतमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डलाई २–१ ले पराजित गरेको छ ।

घरेलु मैदानमा वाटफोर्डका रोबर्टाे पेरेराले एक गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा हजार्डले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले माटियो कोभासिकले उपलब्ध गराएको पासलाई सदुपयोग गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रोबर्टाे पेरेराले गोल गरेपछि पहिलो हाफमा १–१ गोलको बराबरीमा पुगेको थियो । जोसे होलेवासको कर्नरमा आएको बललाई रोबर्टाेले पोस्ट नजिकैबाट गरेको भली प्रहारमार्फत गोल गरेका थिए ।

५८औं मिनेटमा हजार्डले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । बल अघि बढाएको अवस्थामा वाटफोर्डका गोलरक्षक विन फोस्टरले हजार्ड माथि फल गरेपछि चेल्सीले पेनाल्टीको मौका पाएको थियो । जसलाई उनी आफैले सदुपयोग गरे ।

त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी २–१ ले विजयी हुन सफल भयो । जितपछि चेल्सी ४० अंक जोडेर लिगको चौथो स्थानमा यथावत छ । पराजित वाटफोर्ड २७ अंकसहित नवौं स्थानमा छ ।

लिग अन्तरगत नै बुधबार राति भएको खेलमा आर्सनल ब्राइटन होव अल्वियोनसँग १–१ गोलको बराबरीमा रोकियो । आर्सनलका पिएरे हेनरिक औवामियाङले खेलको सातौ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५औं मिनेटमा घरेलु टोलीका जर्गेन लोकाडियाले बराबरी गोल फर्काए ।

बराबरीपछि आर्सनलले चौथो स्थानमा रहेको चेल्सीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । आर्सनलको ३८ अंक पुगेको छ । ब्राइटन २२ अंक जोडेर १३औं स्थानमा छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.