7 years ago
December 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो स्थानको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै मनाङ मर्स्याङदी क्लबले बिहीबार पल्सर सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ ।
मनाङको लिग उपाधिमा महत्त्वपूर्ण भूमिका खेलेका गोलरक्षक विशाल श्रेष्ठले सबैको मिहिनेतकै कारण लिग जित्न सफल रहेको बताए । ‘ लिगको सबै खेल कठिन थिए । सबै खेलमा ३ अंकको लक्ष्य लिएर उत्रेका थियौं र सफल पनि भयौं । कुनै पनि खेल सहज थिएन । एकतावद्ध भएर अगाडी बढेपछि सफलता हात पार्यौं ,’ उनले भने ।
विशालले मैदान भित्र मात्र नभएर मैदान बाहिर रहेर पनि प्रशिक्षक र अफिसियलले टोलीको जितमा भूमिका खेलेको बताए । ‘अन दि फिल्ड र अफ दि फिल्ड सबैले गरेको मिहिनेतको प्रतिफल लिग उपाधि हो । च्याम्पियन बन्दा खुसीको सीमा नै छैन । हामी जुन लक्ष्यका लिएर आएका थियौं त्यो प्राप्त गरेका छौं,’ उनले थपे ।
श्रेष्ठले लिगको स्तर सुधारिंदै जानेमा पनि सकारात्मक देखिए । ‘यसपटक रेलिगेसन भन्दा पनि लिग सुरुवात हुनु राम्रो पक्ष हो । हामी खेलाडीको लागि ठूलो कुरा हो । रेलिगेसनको पार्ट आफ्नो ठाउँमा छ, लिग निरन्तर हुनुपर्छ,’ श्रेष्ठले भने । उनले विगतमा झैं रंगशालामा जित्दा हुने दर्शकको माहोल नहुँदा भने दुख व्यक्त गरे ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]