default_image

7 years ago

December 27, 2018

‘ गोल र उपाधि बोजुलाई समर्पण’ – मनाङ मिडफिल्डर पुजन

239 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदी क्लब मिडफिल्डर पुजन उपरकोटीले संकटाविरुद्धको जितमा गरेको गोल र त्यसको नतिजामा क्लबले जितेको लिग उपाधि आफ्नो दिवंगत बोजुलाई समर्पित गरेका छन् ।

मिडफिल्डर पुजनकी बोजुको केहि दिन अघिमात्र स्वोर्गरोहण भएको थियो । पुजनले संकटाविरुद्ध गरेको गोल आफ्नी बोजुलाई समर्पित गरेको हाम्रो खेलकुदलाई बताए । ‘ मेरो गोल र यो उपाधि दिवंगत बोजुलाई समर्पण गर्न चाहन्छु । गोल गर्नेबितिक्कै मैले वहाँलाई सम्झिएँ र गोल वहाँलाई समर्पण गरें,’ पुजनले भने, ‘ लिगको लागि निकै मिहिनेत गरेका थियौं । अहिले सबै मिहिनेतको प्रतिफल उपाधि जितेर पाएका छौं ।’

पुजनले संकटाविरुद्ध वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको पहिलो टचमा नै गोल गरेका थिए । उनले विशाल राईको कर्नरलाई हेडरमार्फत गोलमा परिणत गरेका थिए । ८० औं मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान छिरेका पुजनले ८१ औं मिनेटमा नै गोल गरेका थिए ।

पुजनले गत सिजन च्यासल युवा क्लबबाट बि डिभिजन खेलेका थिए । उनले च्यासललाई ए डिभिजनमा बढुवा गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले यस सिजन मनाङका लागि ११ मध्ये ८ खेल खेलेका छन् । यो उनको ए डिभिजन लिगमा पहिलो गोल पनि हो ।

पुजनले पारीवारिक कार्य अझै बाँकी रहेका कारण शुक्रबार नै गृहजिल्ला झापा फर्कने जनाएका छन् । उनले मनाङको लिग उपाधिमा आफ्नो भूमिका निर्वाह गर्न पाउँदा खुसी व्यक्त गरे ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.