default_image

5 years ago

December 29, 2018

पिएफएलाई फारवेष्ट पशुपति कप उपाधि

धनगढी (हाम्रो खेलकुद) – नाज ओभरसिज पिएफए अत्तरीयाले फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई टाईब्रेकरमा हराउँदै पिएफए चौथो संस्करणको च्याम्पियन बनेको हो । अघिल्लो संस्करण पनिमा यी दुवै टोली फाइनलमा भिडेडका थिए । त्यसमा फारवेष्ट विजयी भएको थियो । पिएफएले शनिबार फारवेष्टलाई टाइब्रेकरमा ५–३ […]

25 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – नाज ओभरसिज पिएफए अत्तरीयाले फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई टाईब्रेकरमा हराउँदै पिएफए चौथो संस्करणको च्याम्पियन बनेको हो ।

अघिल्लो संस्करण पनिमा यी दुवै टोली फाइनलमा भिडेडका थिए । त्यसमा फारवेष्ट विजयी भएको थियो । पिएफएले शनिबार फारवेष्टलाई टाइब्रेकरमा ५–३ ले हराएको थियो । उपाधिसहित पिएफएले ४ लाख रुपैयाँ प्राप्त गरेको छ । आयोजक टोलीले २ लाख रुपैयाँ पाएको छ ।

फाइनलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटबाट नतिजा आएको थियो । फारवेष्टका लागि महेश चन्द जोजोको प्रहार बाहिरिएका कारण आयोजक टोली विजेता बन्नबाट चुकेको हो ।

फारवेष्टका लागि भिष्म भाट, कृष्ण कठायत, र दिपेन्द्र वुढाले गोल गरे । पिएफएका लागि मिलन भट्ट, दिपेश आलेमगर, सन्तोष कार्की, बादल पाख्रिन र आशिष क्षेत्रीले गोल गरे । फारवेष्टका भिष्टबाट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

फारवेष्टका प्रितम खड्का उत्कृष्ट गोलकिपर, सोहि क्लबका कृष्ण कठायत उत्कृष्ट रक्षक घोषित भए । पिएफएका अशोक चौरधी उदयीमान खेलाडी चेनिएका थिए । पिएफएका आशिष श्रेष्ठ सर्वाधिक गोलकता बने । उत्कृष्ट, उदयीमान र सर्वाधिक गोलकर्ताले समान १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

क्लबका अध्यक्ष खेम रावतको अध्यक्षतामा भएको समापन समारोहमा सुदुरपश्चिम सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले विजेता,उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे । पुस ८ गतेदेखि सुरु भएको प्रतियोगिता १६ टोलीको सहभागिता थियो ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.