default_image

5 years ago

January 1, 2019

राबीओटलाई भित्र्याउन बार्सिलोना आतुर

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले फ्रान्सेली मिडफिल्डर आड्रीएन राबीओटलाई भित्र्याउन फेरी प्रयास गर्ने भएको छ । पछिल्लो समय राबीओटको क्लब पेरिस सेन्ट जर्मेना (पीएसजी) र बार्सिलोनाको यस विषयमा राम्रो सम्बन्ध बन्न सकेको छैन । फ्रान्सेली संचारमाध्यमहरुले बार्सिलोनाले अनाधिकृत रुपमा बार्सिलोनाले पीएसजीका राबीओटलाई क्लबमा ल्याउन व्यक्तिगत रुपमा प्रयास थालेको भनेपछि क्याटलानक्लबले विज्ञप्ति जारी गरेर नै त्यसको […]

20 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले फ्रान्सेली मिडफिल्डर आड्रीएन राबीओटलाई भित्र्याउन फेरी प्रयास गर्ने भएको छ । पछिल्लो समय राबीओटको क्लब पेरिस सेन्ट जर्मेना (पीएसजी) र बार्सिलोनाको यस विषयमा राम्रो सम्बन्ध बन्न सकेको छैन ।

फ्रान्सेली संचारमाध्यमहरुले बार्सिलोनाले अनाधिकृत रुपमा बार्सिलोनाले पीएसजीका राबीओटलाई क्लबमा ल्याउन व्यक्तिगत रुपमा प्रयास थालेको भनेपछि क्याटलानक्लबले विज्ञप्ति जारी गरेर नै त्यसको खण्डन गरेको छ । बार्सिलोनाले विज्ञप्तिमा राबीओटलाई क्लबमा ल्याउन दुई पटक प्रयास भएको र दुवै पटक क्लबले पीएसजीको सम्बन्धित पक्षसँग औपचारिक छलफल नै गरेको बताएको छ ।

बार्सिलोनाले पछिल्लो अगस्टको ट्रान्सफर विन्डोमा पनि राबीओटलाई क्लबमा ल्याउने प्रयास गरेको थियो । तर पीएसजीले उक्त प्रस्ताव अस्विकार गरेको थियो । ब्राजिलियन फरवार्ड नेयमार पीएसजी गएपछि दुई क्लबबीचको सम्बन्ध सुध्रिन सकेको छैन । बार्सिलोनाले यसअघि अर्का मिडफिल्डर मार्को भेर्राट्टीलाई पनि क्लबमा ल्याउन खोज्दा पीएसजीले नकारेको थियो ।

आन्द्रेस इनिएस्टाको प्रस्थानपछि बार्सिलोना मिडफिल्डलाई अझै बलियो बनाउने प्रयासमा छ । इभान राकीटिचको पनि उमेर ढल्कँदै गएको र बार्सिलोनाको बेन्च खासै मजबुत नहुनुले पनि विश्व स्तरीय खेलाडी आवश्यक परेको छ । बार्सिलोनाले जनवरी विन्डोमा फेरी एकपटक राबीओटलाई ल्याउने प्रयास गर्नेछ । पीएसजीमा खासै मौका नपाएका कारण पनि राबीओटले बार्सिलोना आउने चाहना प्रस्तुत गरेको बुझिएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.