default_image

5 years ago

January 1, 2019

आरोपको विषयमा बोल्नेछौं – एन्फा अध्यक्ष शेर्पा

काठमाडौं (हाम्रो खेलकुद)– आफूहरुमाथि चार जिल्ला संघका अध्यक्षले लगाएको आरोपमा ध्यानाकर्षण भएको उल्लेख गर्दै एक साता भित्र अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक धारणा सार्वजनिक गर्ने अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताएका छन् । नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्ने विषयमा नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) सँगको सम्झौता कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले भने,‘ सञ्चारमाध्यममा […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आफूहरुमाथि चार जिल्ला संघका अध्यक्षले लगाएको आरोपमा ध्यानाकर्षण भएको उल्लेख गर्दै एक साता भित्र अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक धारणा सार्वजनिक गर्ने अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताएका छन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा ।

नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्ने विषयमा नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) सँगको सम्झौता कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले भने,‘ सञ्चारमाध्यममा हामीमाथि लागेका आरोपका बारेमा जानकारी पाएका छौं । ती सबै विषयमा हामीले अध्यक्ष पनि गरिरहेका छौं । एक साताभित्र हामी आधिकारिक धारणा सार्वजनिक गर्नेछौं ।’

एन्फा अन्तर्गत रहेका जिल्ला फुटबल संघ काठमाडौं, ललितपुर, भक्तपुर र धादिङका अध्यक्षले बुधबार वैशाखमा भएको निर्वाचनमा आर्थिक अनियमिता भएको प्रमाण पेश गर्ने क्रममा अडियो टेप सार्वजनिक गरेको थियो ।

अडियो टेपमा भएको कुराकानीका आधारमा चार जिल्लाका अध्यक्ष विराटजंग शाही (काठमाडौं), गौतम सुजखु (भक्तपुर), पुरुषोत्तम थापा (ललितपुर) र दीपक खतिवडा (धादिङ) ले निर्वाचन समितिलाई आर्थिक प्रभावमा पारेको, अदालतलाई पनि आर्थिक रुपमा प्रभाव पार्न खोजेको, मताधिकार प्राप्त प्रतिनिधिलाई आर्थिक प्रभावमा पारेको, निर्वाचन भन्दा अघि मताधिकार प्राप्त व्यक्तिहरुलाई भारतका विभिन्न ठाँउमा लगेर क्लोज क्याम्प राखेको, हवाई टिकट तथा अन्य अनियमितामा ठूलो धनराशी खर्च गरेको र निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका थिए ।

त्यहि समूहले सोमबार अर्को पत्रकार सम्मेलन गर्दै एन्फा अध्यक्ष शेर्पामाथि थप १४ वटा आरोप लगाउँदै सम्बन्धित निकायसँग छानविनको माग गरेको थियो । एन्फा अध्यक्ष शेर्पाले अडियो टेपका विषय र अन्य विषयमा पनि अध्ययन भइरहको बताए । ‘आज हामीले फरक विषयमा पत्रकार सम्मेलन गरेका हौं । यद्दपी यी आरोपका विषयमा पनि हाम्रो ध्यानाकर्षण छ,’ उनले भने,‘ सञ्चारमाध्यमबाट नै हामीले जानकारी प्राप्त गरेका छौं । सबै विषयमा प्रष्ट पार्नेछौं ।’

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र एनएसएमईका निर्वाण चौधरी

एन्फाले सुपर लिग आयोजनाका लागि एनएसइएमसँग सम्झौता गरेको छ । ७ प्रदेशको टोली तयार गरेर आउदो वैशाख जेठमा एनएसएल गर्ने सम्झौता भएको छ । अहिले एनएसएल गर्ने सैद्धान्तिक सहमति भएको र आउनु दिनमा आर्थिक लगायतका पाटोमा छलफल गरेर अरु सम्झौता हुने एन्फा अध्यक्ष शेर्पाले बताएका छन् ।

एनएसइएमका अध्यक्ष निर्वाण चौधरीले खेलकुदले जित खुसी र एकताको सन्देश दिने भएकाले आफूहरु नेपालको लोकप्रिय फुटबलमा आबद्ध हुन इच्छुक रहेको बताएका छन् । चौधरीले भने,‘नेपालमा फुटबल लोकप्रिय खेल हो । हामी एनएसएलमा कर्पोरेट हाउसहरुलाई ल्याउने प्रयास गर्नेछौं । यो सुरुवात हो , हामीले निकै लामो यात्रा तय गर्नुछ ।’ सोही अवसरमा एन्फा र एनएसइएमबीच स्कुल लिगका लागि पनि सम्झौता भएको थियो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.