default_image

5 years ago

January 2, 2019

‘अनन्त नहुँदा डिफेन्स कमजोर, मार्टिन्सको चोटले समस्या’ – प्रशिक्षक केसी

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिजनको सुरुवातमा रुस्लान थ्री स्टारका प्रशिक्षक मेघराज केसीले क्लबको लक्ष्य उपाधि जित्ने बताएका थिए । उनले लामो समयपछि लिग फुटबल हुन लागेकोले विपक्षी टोलीहरुबारे धेरै जानकारी नहुँदा लक्ष्य प्राप्त गर्न कठिन हुने अभिव्यक्ति दिएका थिए ।

meghraj

लिगको १२ औं चरणमा सीएमजी क्लब संकटाले थ्री स्टारलाई २-१ ले पराजित गर्दै लिगको उपविजेता बन्ने पक्का गर्यो । यसअघि नै अपराजित रहेको मनाङले उपाधिमाथि कब्जा जमाइसकेको छ । संकटासँग पराजित भएपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले अब तेस्रो स्थानमा रहेर लिग अन्त्य गर्ने तत्पर रहने बताए । ‘संकटासँग जितेको भए दोस्रो स्थान हासिल गर्न सक्ने थियौं । अब तेस्रो स्थानको लागि खेल्ने छौं ,’ उनले भने, ‘ हामीले संकटासँगको मात्रै खेल हैन, लिगभर नै आफ्नो स्वभाविक खेल प्रदर्शन गर्न सकेनौं । ‘

प्रशिक्षक केसीले मोफसलको प्रदर्शनलाई आधार मानेर टोली गठन गर्नु गल्ति भएको बताए । ‘ मोफसलमा गरेको प्रदर्शनलाई आधार मान्दै तिनै खेलाडीलाई विश्वास गरेर लिगमा सामेल भयौं । तर, खेलाडीमा प्रदर्शनमा एकाग्रता देखाउन सकेनन् । टिममा इनर्जी देखिएन । त्यही खेलाडीलाई बढी विश्वास गर्नु नै गल्ती भयो ।’

प्रशिक्षक केसीले मुख्य फरवार्ड अजायी मार्टिन्सको नियमित चोटका कारण पनि क्लब चुकेको बताए । ‘मार्टिन्स हाम्रो टोलीका मुख्य फरवार्ड थिए । तर १२ औं चरणको खेलसम्म पनि उनले पूर्ण फिट भएर खेल्न सकेनन् । आजको खेलमा पनि उनी चोटका कारण नै बाहिरीए,’ उनले भने ।

लिगको सुरुवातअघि डिफेन्डर अनन्त तामाङ टिममा रहने भनेपनि विविध कारणले उनको साथ नहुँदा असर परेको पनि स्वीकारे । ‘हामीले लिगको तयारी गर्ने क्रममा अनन्तलाई मुख्य डिफेन्डरका रुपमा लिएका थियौं । तर उनको समस्याका कारण हामीले विक्रमलाई त्यहाँ खेलाउनु पर्यो । प्रत्यक खेलअघि उनी उपलब्ध हुने पखाईमा लिग नै बित्यो । हामीलाई उनकै अभाव पनि देखियो,’ प्रशिक्षक केसीले भने, ‘थ्री स्टारले लिगमा उतारचढावपूर्ण प्रदर्शन गर्यो । अब हामी तेस्रो स्थानको लागि र त्यसपछि मात्रै मोफसलमा केन्द्रित हुनेछौं ।’

थ्री स्टारले लिगको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । शेर्पालाई पराजित गरेको खण्डमा थ्री स्टारले लिगको तेस्रो स्थानसँगै २५ लाख रुपैयाँ हात पार्नेछ ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.