default_image

5 years ago

January 3, 2019

खप्तड गोल्डकपमा मनाङ, संकटा र रुस्लान थ्री स्टारले खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक धनराशीको मोफसल प्रतियोगिता तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपमा लिग विजेता मनाङ मर्स्याङदी क्लब, उपविजेता सीएमजी क्लब संकटासँगै रुस्लान थ्री स्टार क्लब लगायतले सहभागिता जनाउने पक्का भएको छ । आयोजक नेपाल आइस सुदुरपश्चिम-११ फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । धनगढी […]

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक धनराशीको मोफसल प्रतियोगिता तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपमा लिग विजेता मनाङ मर्स्याङदी क्लब, उपविजेता सीएमजी क्लब संकटासँगै रुस्लान थ्री स्टार क्लब लगायतले सहभागिता जनाउने पक्का भएको छ ।

आयोजक नेपाल आइस सुदुरपश्चिम-११ फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । धनगढी रंगशालामा पुस २४ गते मंगलबारदेखि सुरु हुने गोल्डकपको संचालनका लागि विभिन्न उप समितीहरु गठन गरिएको छ । पुसको सुरुवातदेखि तयारी तीव्र गतिमा अगाडी बढेपछि अब तयारी अन्तिम चरणमा पुगेको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले बताए । प्रतियोगिता सञ्चालन हुने धनगढी रंगशालाको मैदान तयार गर्न भने बाँकी रहेको अध्यक्ष हमालले जानकारी दिए ।

पत्रकार सम्मेलनमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबले प्रतियोगिता दौरान लगाउने जर्सी पनि सार्वजनिक गरिएको छ । क्लबले सुन्तला र निलो रंगको जर्सी प्रयोग गर्नेछ । यस प्रतियोगिताको मुख्य प्रायोजकको नाम जोड्दै क्लबको नाम नै नेपाल आईस सुदुरपश्चिम–११ स्पोर्टस क्लब रहने भएको छ ।

प्रतियोगितामा आयोजक बाहेक ए डिभिजनका ६ क्लबसहित देशका विभिन्न स्थानका तीन क्लब तथा दुई वटा विदेशी टोली गरेर कुल १२ टोलीले पनि सहभागीता जनाउने छन् । ए डिभिजन विजेता मनाङ मर्स्याङदी, उपविजेता संकटासँगै रुस्लान, भ्याली च्यासल युवा क्लव, विभागीय टीम नेपाल पुलिस र नेपाल एपिएफ क्लबले सहभागीता जनाउने भएका छन् । त्यसैगरी गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही, काकरभित्ता ट्रेनिङ सेन्टर झापा र मोरङ ११ स्पोर्टस क्लबले पनि प्रतिस्पर्धा गर्नेछन् । विदेशी क्लबका रुपमा भारतको दिल्ली एफसी र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब आउने भएका छन् ।

मंगलबार हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब र मेची नेत्रालय काकरभित्ता फुटबल ट्रेनिङ सेन्टरले प्रतिस्पर्धा गर्नेछन् । अन्य खेलको पूर्ण तालिका भने ए डिभिजन लिगको तालिका हेरेर प्रकाशन गरिने आयोजकले जनाएको छ । प्रतियोगिता अवलोकनका लागि टिकट दर पनि तोकिएको छ । क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैयाँ टिकट दर तोकिएको छ ।

तेस्रो संस्करणको नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको विजेताले नगद २१ लाख र उपविजेताले नगद १० लाख हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल तथा विधागत उत्कृष्टले जनही १५-१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगिताका लागि प्रायोजक उप समितिको संयोजक बाबुराजा श्रेष्ठ, आर्थिक उपसमितीका संयोजक योगेन्द्र चन्द, टिकट उपसमितीका संयोजक धुव्र वराल, मिडिया संयोजक ओम चन्द, कार्यालय तथा सचिवलाय उप समितिका संयोजक देवेन्द्र जोशी, मैदान मर्मत उप समितीका संयोजक चक्र मल्ल, होटेल व्यवस्थापन उपसमितीका संयोजक तेन खड्का, पार्किङ व्यवस्थापन उपसमितीका संयोजक खड्ग शाह र ब्यानर व्यवस्थापन उपसमितीका संयोजक राजेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.