default_image

5 years ago

January 3, 2019

एन्फाले एएफसी यू–१६ महिला छनोट दौरान भ्रष्ट्राचार गरेको आरोप

काठमाडौं (हाम्रो खेलकुद) – चार जिल्ला फुटबल संघ (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ) ले नेपालमा आयोजना भएको एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनोट प्रतियोगिता दौरान अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले भ्रष्टाचार गरेको आरोप लगाएका छन् । प्रतियोगिता सेप्टेम्बर महिनाको तेस्रो साता नेपालमा आयोजना भएको थियो । चार जिल्ला फुटबल संघले बिहिबार एक प्रेस […]

20 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चार जिल्ला फुटबल संघ (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ) ले नेपालमा आयोजना भएको एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनोट प्रतियोगिता दौरान अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनका क्रममा ४ जिल्लाका पदाधिकारी

प्रतियोगिता सेप्टेम्बर महिनाको तेस्रो साता नेपालमा आयोजना भएको थियो । चार जिल्ला फुटबल संघले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता दौरान एन्फाका कर्मचारीले होटलको बीलको नाममा रहेको ९ लाख ६० हजार र १ लाख ३८ हजार रकम हिनामिना गरेको आरोप लगाएको हो ।

‘होटेल भ्यू भृकुटी गोदावरीबाट सनराइज बैंकको सातदोबाटो शाखाबाट (चेक नं ०००६०४५५७५) प्राप्त रकम ९ लाख ६० हजार र १ लाख ३८ हजार रकम एन्फाको खातामा नबुझाई सो रकम एन्फाका कर्मचारी राजेश श्रेष्ठबाट झिकी कोषाध्यक्ष रविन्द्रमान जोशीलाई बुझाएको देखिन्छ । त्यसमध्येबाट केही रकम एन्फाको निर्वाचनमा तिर्नुपर्ने बाँकी र आपसमा पदाधिकारीहरु बीचमा बाडेर खाएको देखिन्छ ।’ चार जिल्ला संघका अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा जानकार रहेकाले यसबारे छानविन हुनुपर्ने चार जिल्ला संघले माग गरेको छ ।

विज्ञप्तिमा एएफसीले प्रतियोगिता आयोजना गर्नका निमित्त एकमुष्ट रकम दिएपनि एन्फाले होटेलसँग आपसी समझदारी गरी लाग्ने रकम भन्दा बढीको बिल बनाएर एन्फालाई रकम दिने सर्तमा सम्झौता गरेर तिर्दै आएको देखिन्छ । सोही अनुसार होटेल ग्राण्डीबाट रकम एन्फाको खातामा जम्मा भएपनि भ्यु भृकुटीको रकम त्यसरी जम्मा हुन नआउदा आर्थिक अनियमितता भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै चार जिल्लाले प्रतियोगिताको दौरान एएफसीबाट खेलाडीलाई आउने ७८ डलरमा ४५ डलर खर्च गरेर ३३ डलर बढी ठगी गरेको समेत आरोप समेत लगाएको छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.