एजेन्सी – लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कोपा डि फ्रेन्चमा फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले जिएसआइ पोन्टीभीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमार, केलियन एमबाप्प र जुलियन ड्राक्सलरले गोल गरे । एक गोल उपहार पाएको थियो ।
२४औं मिनेटमा स्यलभेन जुलेको आत्मघाती गोलबाट अग्रता बनाएको पीएसजीले अरु गोलको लागि दोस्रो हाफको अन्तिम समय कुर्नुपरेको थियो ।
७०औं मिनेटमा नेयमारले गोल गरेपछि पीएसजीले २–० ले अघि बढ्यो । ७७औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए ।
८७औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए । जितसँगै पीएसजी अर्काे चरणमा पुग्न सफल भएको छ ।