default_image

7 years ago

January 9, 2019

विमल बेल्जियमको तेस्रो डिभिजन क्लब लिएर्समा प्रशिक्षणरत

165 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीका युवा फरवार्ड विमल घर्ति मगर विगत एक महिनादेखि बेल्जियमको तेस्रो डिभिजन क्लब लिएर्स केम्पेनजोनेनमा प्रशिक्षणरत छन् । विमलले क्लबमा सिनियर टोलीसँग नियमित प्रशिक्षण गर्दै दुई मैत्रीपूर्ण खेलमा पनि सहभागिता जनाइसकेका छन् । उनको क्लबमा अनुबन्ध हुने/नहुने भन्नेबारे भने यसै महिनाको अन्त्यसम्म पक्का हुनेछ ।

लिएर्सले विगतमा पनि विमललाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर उनको उमेर १८ वर्ष नपुगेका कारण व्यवसायिक अनुबन्ध गर्न नसक्ने हुँदा त्यस समय उनले युरोपेली क्लबमा प्रशिक्षणमा मात्र गएर फर्कनु परेको थियो । उनले युवा अवस्थामा बेल्जियम र नेदरल्यान्ड्सका क्लबहरुबाट प्रशिक्षण लिएका थिए ।

सन् २०१३ मा डच क्लब एफसी ट्वेन्टे पुगेका उनले त्यस लगत्तै युरोपको ठुला क्लबहरु नजर लगाएको खबर बाहिरिएको थियो । उनले त्यसलगत्तै सन् २०१४ को सुरुवातमा एन्ड्रेलेक्टमा गएर पनि प्रशिक्षण गरे । उनले त्यसबेला केहि प्रतियोगितामा सहभागिता जनाउँदै राम्रो प्रदर्शन गरेका थिए । एन्ड्रेलेक्टले विमललाई अनुबन्धन गर्न खोजेपनि फिफा नियमानुस्र व्यवसायिक अनुबन्धन गर्न सम्भव नहुँदा विमल नेपाल फर्केका थिए । उनले नेपालमा पनि केहि प्रतियोगिता खेले ।

सन्२०१५ मा उनी बेल्जियमको शीर्ष डिभिजन क्लब जेंक पुगेका थिए । उनले त्यहाँपनि २ महिने प्रशिक्षण गरे । त्यसपछि नेपाल फर्केर अन्तर्राष्ट्रिय खेल खेलेपछि उनले अर्को डच क्लब ब्रुजमा ट्रायलका लागि मौका पाए । उनको ट्रायल सफल हुन नसक्दा उनले फर्केर राष्ट्रिय लिगमा सुदूरपश्चिम फुटबल क्लबको जर्सी लगाए ।

सन् २०१६ को फेब्रुअरीमा उनी स्पेनको मार्बेला युनाइटेड फुटबल क्लबमा पुगे । तर चोटका कारण उनले लामो समय बस्न पाएनन् । सन् २०१६ को मे महिनामा स्पोर्टीङ लोकेरेनले उनलाई ट्रायलमा बोलायो । तर पारीवारिक समस्याका कारण बिचमा नै फर्कनुपर्दा उनले फेरी पनि अनुबन्धन गर्न पाएनन् । त्यस समय क्लब विमलबाट निकै प्रभावित रहेको खबर पनि आएको थियो ।

त्यसपछि उनले रुस्लान थ्री स्टारमा अनुबन्धन हुँदै केहि प्रतियोगिता खेले । भारतको बोर्डोलोई ट्रफी जिताउन उनले महत्त्वपूर्ण भूमिका खेले । भारतीय क्लब मोहून बगानले उनलाई आई-लिगको लागि अनुबन्धन गर्यो । तर अन्तिम केहि खेलमा विमलले अपेक्षित छाप बसाउन नसक्दा क्लबले उनलाई अनुबन्धन लम्ब्याउन चाहेन ।

पल्सर ए डिभिजन लिगमा च्यास युवा क्लबका लागि खेलेका उनले लिगको बिचमा नै क्लब छाडेका थिए । बेल्जियमको क्लब लिएर्सले प्रशिक्षण तथा ट्रायलका लागि बोलाएपछि उनी क्लब छाडेर त्यसतर्फ लागेका हुन् । विमलले त्यहाँ रहेर झन्डै एक महिना प्रशिक्षण गरिसकेका छन् ।

कस्तो क्लब हो लिएर्स ?

दुई वर्ष अघिसम्म बेल्जियमको शीर्ष डिभिजन लिग खेलिरहेको लिएर्स अहिले भने टुक्रिएर तेस्रो डिभिजनमा खेलिरहेको छ । ४ पटक बेल्जियमको शीर्ष श्रेणी लिग जितेको लिएर्स एसके मे २०१८ मा टाट पल्टेपछि टुक्रिएको थियो । दुई भागमा बाँडिएको क्लब भिन्नै क्लबहरुसँग जोडिएर पुन: फुटबलमा होमिए ।

विमल आबद्ध भएको क्लबले लिएर्सको पुरानै लोगो लिएर तेस्रो डिभिजनको क्लब एफसी ओस्टरजोनेनसँग गाभियो । अर्को टुक्रा संलग्न क्लबका केहि समर्थक लाइरा-लिएर्स बेर्लारनामक क्लब स्थापित भयो । लिएर्सले आफ्नो खेल्ने मैदान परिवर्तन गरेपछि समर्थकहरुले क्लबको अस्तित्व जोगाउने हेतुले यस स्थानीय क्लबसँग नाम गाभेका हुन् । यो क्लब बेल्जियमको पाँचौ श्रेणीमा खेल्छ ।

लिएर्स हाल तेस्रो श्रेणीमा भएपनि क्लबले स्तरीय खेलाडी अनुबन्धन गर्दै आएको छ । क्लबले छिट्टै शीर्ष श्रेणीमा फर्कने लक्ष्य बनाएको छ । हाल १६ टोली सम्मिलित लिगको ६ खेल सकिएको छ र क्लब मध्ये तालिकामा अवस्थित छ । लिएर्सले ६ खेलमा ९ अंक जोडेको छ । लिगको समाप्तिमा शीर्ष ४ टोली प्लेअफ खेल्नेछन् । लिगको अंकलाई आधा गरेर प्लेअफको चरणमा हिसाब हुने प्रावधान रहेको छ ।

विमलले लिएर्सबाट आइतबार पनि एक मैत्रीपूर्ण खेलमा सहभागिता जनाएका थिए । नेदरल्यान्ड्सको शीर्ष श्रेणीको क्लब रोडा जेसीविरुद्ध उनले दोस्रो हाफ खेलेका थिए । उक्त खेलमा क्लब २-० ले पराजित भएको थियो । त्यसअघि लिएर्सले खेलेको एक मैत्रीपूर्ण खेलमा उनले गोल पनि गरेका थिए ।

के भन्छन् विमल ?

विमलले पछिल्लो समय निकै कडा मिहिनेत गरिरहेको बताएका छन् । ‘ मैले यहाँ आएर निकै मिहिनेत गरिरहेको छु । यहाँको स्तर निकै प्रतिस्पर्धात्मक छ र आफूलाई यहाँसँग समन्वय गर्न केन्द्रित छु । क्लबमा आएर मैत्रीपूर्ण खेलमा पनि सहभागिता जनाएको छु । राम्रो हुनेमा आशावादी छु ,’ उनले भने ।

मैत्रीपूर्ण खेलका केहि तस्बिरहरु :

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.