6 years ago
January 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विधागत पुरस्कारमा उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबले वर्चस्व जमाएको छ ।
लिगको अन्तिम खेलमा फ्रेन्डससँग १-० ले पराजित हुँदै अपराजित यात्रा टुंगिएपनि विधागत अवार्डमा भने मनाङकै वर्चस्व रह्यो ।
विधागत अवार्ड : (पुरस्कार पल्सर १५० सीसी मोटरसाइकल)
उत्कृष्ट गोलरक्षक : विशाल श्रेष्ठ (मनाङ)
उत्कृष्ट डिफेन्डर : रञ्जित धिमाल (रुस्लान थ्री स्टार)
उत्कृष्ट मिडफिल्डर : हेमन गुरुङ (मनाङ)
उत्कृष्ट फरवार्ड : भरत खवास (आर्मी)
उत्कृष्ट प्रशिक्षक : सुमन श्रेष्ठ (मनाङ)
मणि शाह उदयीमान खेलाडी अवार्ड : विकास खवास (आर्मी)
फेयर प्ले उपाधि : ब्रिगेड ब्वाइज क्लब
पल्सर सहिद स्मारक ए डिभिजन लिगमा कसले कति पाए?
मनाङ (च्याम्पियन) : ५० लाख रुपैयाँ
संकटा (दोस्रो) : ३५ लाख रुपैयाँ
थ्री स्टार (तेस्रो) : २५ लाख रुपैयाँ
आर्मी (चौथो) : १५ लाख रुपैयाँ
एपीएफ (पाँचौ) : ७ लाख रुपैयाँ
पुलिस (छैटौँ) : ५ लाख रुपैयाँ
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]
December 12, 2024
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]