default_image

7 years ago

January 9, 2019

ह्याट्रिक विना नै सकियो ‘ए’ डिभिजन लिग

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल मंगलबार सकिएको छ । अचम्मको संयोग मान्नुपर्छ, रेलिगेसन विनाको लिगमा यसपटक कुनै पनि खेलाडीले लिगमा ह्याट्रिक पुरा गर्न सकेनन् ।

हुन त खेलमा गोल गर्न निकै गाह्रो हुन्छ, त्यसमाथि पनि एकै खेलमा तीन गोल सहज कार्य होइन । लिगको ९१ खेलमा आर्मीका कप्तान भरत खवास तीन खेलमा ह्याट्रिक नजिक पुगेर चुके । उनी लिगको उत्कृष्ट फरवार्ड पनि चुनिए । आर्मीकै मिडफिल्डर सन्तोष तामाङले लिगको पहिलो खेलमा २ गोल गर्न सफल भएका थिए । लिगमा १९ पटक खेलाडीहरुले दुई गोल गरेपनि ह्याट्रिक भने गर्न सकेनन् ।

लिगमा ह्याट्रिक बाट चुक्ने खेलाडीहरु

सन्तोष तामाङ (आर्मी) एनआरटी विरुद्ध

ओलावाले अफिज (मनाङ) बीबीसी विरुद्ध

सेडरिक अवा (संकटा) जावलाखेल विरुद्ध

बिमल घर्तीमगर (च्यासल) एनआरटी विरुद्ध

अमिर श्रेष्ठ (च्यासल) एनआरटी विरुद्ध

कर्ण लिम्बु (शेर्पा) जावलाखेल विरुद्ध

निर कुमार राई (पुलिस) एनआरटी विरुद्ध

रन्जन विष्ट (थ्रीस्टार) एपिएफ विरुद्ध

भरत खवास (आर्मी) शेर्पा विरुद्ध

रुप बहादुर लामा (एपिएफ) सरस्वती विरुद्ध

रन्जित धिमाल (थ्री स्टार जावलाखेल विरुद्ध

आशिष लामा (एपिएफ) आर्मी विरुद्ध

विश्वास श्रेष्ठ (शेर्पा) बीबीसी विरुद्ध

भरत खवास (आर्मी) सरस्वती विरुद्ध

अशोक थापा (एनआरटी) मच्छिन्द्र विरुद्ध

विशाल राई (मच्छिन्द्र) एनआरटी विरुद्ध

काजिम बुसारी (बीबीसी) फ्रेन्ड्स विरुद्ध

युवराज खड्का (एपिएफ) पुलिस विरुद्ध

भरत खवास (आर्मी) मछिन्द्र विरुद्ध

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.