default_image

7 years ago

January 9, 2019

तिर्थको ह्याट्रिकमा पुलिसको सहज जित

124 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – युवा फरवार्ड तिर्थ रानाले ह्याट्रिक गरेपछि  नेपाल पुलिस क्लबले तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपअन्तर्गत बुधबारको खेलमा मोरङ फुटबल क्लबलाई ३-० ले पराजित गरेको छ । पहिलो हाफमा २ गोल गरेका तिर्थले दोस्रो हाफको अन्तिम समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यससँगै पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा खेलको सातौं मिनेटमा पुलिसले तीर्थ रानाको गोलमा अग्रता लियो । उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारलाई मोरङका गोलरक्षक सन्तोष योन्जनले बचाउन सकेनन् । २५ अौं मिनेटमा मोरङका बालाको फ्रिकिकमा गोलरक्षकले पन्च गरेको रिबाउन्डमा विदुर रिजालको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३५ अौं मिनेटमा अभिषेक रिजालको उत्कृष्ट मुभमा तीर्थले पुलिसको अग्रता दोब्बर पारे । अभिषेकले विङ्गबाट एक्लै बढाएको बललाई पेनाल्टी क्षेत्रभित्र लग्दै किपरलाई बिट गरेर दिएको पासमा तीर्थले हेडर गोल गरे । ४३ अौं मिनेटमा तेज तामाङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

दोस्रो हाफमा पनि पुलिसले अाक्रमक रणनीतिलाई कायम राख्दै पोस्टमा अाक्रमण गरिरह्यो । ५७ अौं मिनेटमा सन्तोष हेमरुनको क्रसमा निरकुमार राईको भली प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै निरकुमारले नै छोटो कर्नरमा सिधै पोस्टमा गरेको प्रहार क्रसबारमा लागेर फर्कियो ‌।

७५ अौं मिनेटमा अभिषेकको पासमा सन्तोष हेमरुनको प्रहार फितलो रहँदा पुलिसले अग्रता बढाउन सकेन । दोस्रो हाफको इन्जुरी समयमा अभिषेक रिजालको पासमा तिर्थले गोल गर्दै ह्याट्रिक पूरा गरे । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।

पराजित टोलीका प्रशिक्षक संजिव बुढाथोकीले बलियो पुलिसविरुद्ध आफ्ना युवा खेलाडीले डटेर खेल्न नसकेको बताए । ‘ हामीले पुलिसलाई पराजित गर्न सहज थिएन । त्यसैले टाइब्रेकरसम्म लाग्ने रणनिति थियो । तर त्यसमा हाम्रा खेलाडीहरु सफ्गल भएनन्,’ उनले भने ।

पुलिसका प्रशिक्षक अनन्त थापाले मैदान केहि नयाँ भएकोले सेट हुन समय लागेपनि नतिजा हात पार्दा खुसी रहेको बताए । ‘हाम्रो टोली युवा जोशले भरिएको छ । कमजोर विपक्षी भएपनि मैदान नयाँ भएकाले केहि कठिनाई भयो । अब अर्को खेलमा प्रदर्शन अझै राम्रो हुने विश्वास छ,’ उनले भने ।

पुलिसले अब पुष २९ गते हुने क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दीको सामना गर्नेछ । बिहिबार हुने खेलमा भ्याली च्यासल युवा क्लबले दिल्ली युनाइटेडसँग खेल्नेछ ।

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.