7 years ago
January 12, 2019
दिपक बोहोरा, पाँचथर
दशौं रुस्लान फाल्गुनन्द गोल्डकपमा पाहुना टोली रोयल फुटबल क्लब दार्जिलीङलाइ हराउदै त्रिभुवन आर्मी क्लब मैफसलको पहिलो उपाधि नजिक पुगेको छ ।

आर्मीले खेल २–१ ले आफ्नो पक्षमामा पा¥यो । आर्मी फाइनलमा उपाधिको लागी झापा ११ संग प्रतिस्पर्धा गर्ने छ । झापा यस अगीनै सरस्वती क्लबलाई हराउँदै फाइनल प्रबेश गरीसकेको छ । आर्मीको जितमा एक गोल आत्माघाती उपहार पाएको थियो । अर्को गोल एरिक बिष्टले गरेका थिए । आर्मी र झापा ११ बिचको फाइनल खेल सोमबार हुनेछ ।
शनिबार फिदिम माबिको खेलमैदनामा भएको खेलमा १६ औं मिनेट दार्जिलिङका डिफेन्डरले बल क्लीयर गर्ने क्रममा आत्माघाती गोल हुँदा आर्मीले उपाहार गोलबाट अग्रता बनाएको थियो । तर आर्मीले अग्रता लामो समय टिकाउन सकेन । २१ मिनेटमा कमजोर डिफेन्सलाइनको फाइदा उठाउदै दार्जिलीङका सिद्धान्त क्षेत्रिले बराबरी गोल फर्काए । खेल सकिन एक मिनेट बाँकी हुदाँ आर्मीका एरिक बिष्टले गोल गर्दै आर्मीलाइ उपाधि नजिक पुराए ।
पहिलो हाफमा निकै आक्रम बनेको दार्जिलिङ दोश्रो हाफमा केहि सुस्त बनेको थिायो । पहिलो हाफमा पाएको राम्रा अवसर गुमाउदा पाहुना टोली पराजित हुन पुग्यो । पहिलो हाफमा अर्माीका गोलरक्षक बिश्वास चौधरीले केहि उत्कृष्ठ बचाउ गरेका थिए । खेलमा बिजयी गोल गरेका आर्मीका एरिक बिष्ट म्यान अफ दि म्याच बने । उन नगद दश हजार प्राप्त गरे ।
रेफ्रीका केहि गलत निर्णयका कारण टिम पराजित हुन परेको रोयल फुटबल क्लबका प्रशिक्षक सचिन्द्र धिमालले जानकारी दिए । खेलाडीहरुको टिमवर्क मिलेकाले सफलता प्राप्त गरेको आर्मीका प्रशिक्षक गंगाराम देउजाले जानकारी दिए । प्रतियोगितामा मोफसलका चर्चित क्लबहरु र ए डिभिजन सहित दश टिमको सहभागीता रहने छ ।
पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको विजेताले उपाधि सहित नगद चार लाख प्राप्त गर्ने छ ।
फाल्गुनन्द गोल्डकपमा सोमबार हुने फाइनल खेल
त्रिभुवन आर्मि क्लब र झापा ११
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]