7 years ago
January 12, 2019
धनगढी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर अनन्त तामाङले पाटने क्लब रुस्लान थ्री स्टारबाट खेल्ने भएका छन् । अनन्त थ्री स्टारको टिमसँगै शनिबार खप्तड गोल्डकपका लागि धनगढी पुगेका छन् ।

अनन्त यसअघि थ्री स्टारमै आबद्ध रहेपनि सम्झौता बाँकी रहँदै मनाङ मस्र्याङ्दी क्लबसँग सम्झौता गरेका कारण उनी पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्नबाट वञ्चित बनेका थिए । लिगको दुई चरणको खेल बाँकी रहँदा दुवै क्लबका पदाधिकारीहरुले थ्री स्टार र मनाङबाट बाँकी लिग नखेल्ने शर्तमा फुकुवा गरिदिएको थियो । तर, उनले लिगको दुई खेलका लागि कुनै पनि क्लबसँग अनुबन्ध भएनन् ।
अघिल्लो सिजन थ्री स्टारले मोफसलको विभिन्न प्रतियोगिताको उपाधि जित्दा उनी टिमको महत्वपूर्ण सदस्य रहेका थिए । लिगमा थ्री स्टार तेस्रो भएको थियो । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले अनन्तकै अभावका कारण डिफेन्समा केही कमजोरी भएको बताएका थिए । मनाङ भने कीर्तिमानी आठौंपटक लिग च्याम्पियन बन्न सफल भयो ।
थ्री स्टारले खप्तड गोल्डकपको क्वाटरफाइनलमा ललितपुरको अर्काे क्लब भ्याली च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । यस खेलको विजेताले फाइनल प्रवेशका निम्ति मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]