7 years ago
January 13, 2019
एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ । चेल्सीले न्युक्यासललाई २–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेज र विलियनले गोल गरे । पराजित टोलीका लागि कियरन क्लार्कले एक गोल फर्काए । स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा नवौं मिनेटमा नै चेल्सीले पेड्रोको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो । पेड्रोले डेभिड लुइजसँगको वान टु वान पासमा गोल गर्न सफल भएका थिए ।

४०औं मिनेटमा न्यु क्यास्टलका क्लार्कले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । म्याट रिचिले दिएको कर्नरमा क्लार्कले हेडमार्फत गोल गरेका थिए ।
५७औं मिनेटमा इडेन हाजार्डको पासमा विलियनले गोल गर्दै चेल्सीलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि पनि चेल्सीले न्युक्यासललाई दवावमा राखेपनि थप गोल गर्न नसक्दा चेल्सी २–१ ले विजयी हुन सफल भयो ।

जितपछि चेल्सीले २२ खेलबाट ४७ अंक जोड्दै चौथो स्थानलाई थप मजवुत बनाएको छ । चेल्सी तेस्रो स्थानको टोटेनहमभन्दा १ अंकले पछि छ । ५७ अंक जोडेर लिभरपुल शीर्षस्थानमा रहेको छ ।
प्रिमियरलिगको अन्य खेलको नतिजा
बर्नली विरुद्ध फुलहम (२–१)
कार्डिफ विरुद्ध हडर्सफिल्ड (०–०)
क्रिस्टल प्यालेस विरुद्ध वाट्फोर्ड (१–२)
लेस्टर सिटी विरुद्ध साउथह्याम्पटन (१–२)
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]