7 years ago
January 13, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । लिग वान अन्तर्गत शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एमिनसलाई ३–० ले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दियो ।

एमिन्सको मैदानमा प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५७औं मिनेटमा एडिन्सन काभानीले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । एलेक्स बीलिनले काभनीलाई बक्समा लडाएपछि भिएआरको सहायतामा पीएसजीले पेनाल्टीको मौका पाएको थियो । जसमा काभनीले कुनै गल्ती गरेनन् ।

६६औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटियो । एमिन्सका खालिद एडिनन दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । त्यसको प्रत्यक्ष फाइदा पीएसजीले उठायो । ७०औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । उनले काभानीको पासलाई गोलमा परिणत गरेका थिए ।
७९औं मिनेटमा जुलियन ड्राक्सलरको पासमा मार्किन्योसले गोल गर्दै पीएसजीलाई ३–० को सहज जित दिलाए । जितपछि लिग वानमा अपराजित रहेको पीएसजीले १८ खेलबाट ५० अंक जोड्दै लिगको आफ्नो शीर्षता थप बलियो बनाएको छ । पीएसजीले दोस्रो स्थानमा रहेको लिलेमाथि १३ अंकको अग्रता बनाएको छ । पीएसजीले दुई खेल कम खेलेको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]