7 years ago
January 13, 2019
एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब युभेन्टस र एसी मिलान कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कोपा इटालिया अन्तर्गत शनिबार राति भएको प्रि–क्वाटरफाइनलमा युभेन्टसले बोलोग्नालाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान स्थान पक्का गरेको हो ।

बोलोग्नाको मैदानमा भएको खेलमा युभेन्टसले खेलको नवौं मिनेटमा अग्रता बनाएको थियो । फेडरिको बर्नारडेस्चीले गोल गरे । पहिलो हाफमा १–० को अग्रता लिएको युभेन्टसले दोस्रो हाफको सुरुमै गोल गर्दै जित पक्का ग¥यो । मोइस किनले ४९औं मिनेटमा गोल गर्दै युभेन्टसलाई २–० को जित दिलाए ।
शनिबार राति नै भएको अर्काे खेलमा एसी मिलानले साम्पडोरियालाई अतिरिक्त समयमा २–० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । दुवै गोल प्याट्रिक कटरोनले गरे ।
अतिरिक्त समयको १२औं र १८औं मिनेटमा प्याट्रिक कटरोनले गोल गर्दै एसी मिलानलाई क्वाटरफाइनलमा पुर्याए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]