7 years ago
January 13, 2019
दिपक बोहोरा, पाँचथर
फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्डकपको उपाधिको लागी त्रिभुवन आर्मी क्लब र झापा ११ फुटबल क्लब तयार रहेको दुवै टिमका प्रशिक्षकहरुले जानकारी दिएका छन् । आज भएको पत्रकार भेटघाटमा दुबै प्रशिक्षकहरुले उपाधिको लागी तयार रहेको बताएका हुन् ।

सोमबार फिदिम माविको खेल मैदानमा उपाधिको लागी आर्मी र झापा प्रतिस्पर्धा गर्दैछन् । झापाले सेमिफाइनलमा ए डिभिजन क्लब सरस्वती युथलाई हराउँदै फाइनल प्रवेश गरेको हो । आर्मीले सेमिफाइनलमा रोयल फुटबल क्लब दार्जिलिङलाइ हराउदै झापासंगको उपाधि भिडन्त पक्का गरेको थियो ।
फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा झापाका प्रशिक्षक प्रवेश कटुवालले उपाधिको लागी पाँचथर आएको बताए । आर्मी राम्रो टिम भएपनि आफ्नो टिममा अनुभवी खेलाडीहरु भएको हुँदा उपाधि जित्ने बताए । ‘पाँचथरको दर्शक र मैदानको साथ झापालाई रहने हुदाँ हामीलाइ उपाधिको लागि सहज हुनेछ, ’ कटुवाले भने ।
यता आर्मीका प्रशिक्षक गंगाराम देउजाले झापाली खेलाडीहरुको भन्दा आफ्नो टिमको टिमस्पिड राम्रो भएकोले उपाधि जित्ने दावी गरे । ‘हाम्रो युवा टोली भए पनि टिमवर्क र टिमस्पिड राम्रो भएकाले उपाधि हामी जत्नेछौं’ देउजाले भने ।
झापाका कप्तान कर्ण लिम्बुले आर्मीको टिमस्पिडलाई रोक्न झापाले टिकिटाका शैलीमा फुटबल खेल्दै उपाधिको लागी प्रतिस्पर्धा गर्ने बताए । आर्मीका कप्तान युद्ध शाहिले उपाधिको लागी मैदानमा अन्तिम समयसम्म प्रतिस्पर्धा गर्ने बताए ।
पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको विजेताले उपाधि सहित नगद चार लाख प्राप्त गर्ने छ । उपविजेताले दुई लाखमा चित्त बुझाउने छ । प्रतियोगिताको उत्कृष्ट एक जना खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् ।
सोमबार हुने फाइनल खेल :
झापा ११ र त्रिभुवन आर्मी क्लब
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]