default_image

7 years ago

January 13, 2019

एन्फा केन्द्रिय समिति बैठक माघ ३ मा, ४ जिल्लाले लगाएको आरोपबारे छलफल हुने

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– चार जिल्ला फुटबल संघ (एन्फा) ले निर्वाचनमा भएको अनियमितताको आरोपका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले केन्द्रिय समितिमा छलफल गर्ने भएको छ ।

एन्फा केन्द्रिय समिति बैठक । फाइल तस्बिर

वैशाख २२ गते निर्वाचित कार्यसमितिको बिहीबार (माघ ३ गते) लागि तय भएको बैठकमा अनियमिततालगायत विभिन्न १० एजेन्डा तय गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिएका छन् ।

काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्लाका अध्यक्षले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै निर्वाचनका क्रममा भएका अडियो टेप सार्वजनिक गर्दै छानविनका लागि माग गरेका थिए ।

कार्यसमिति निर्वाचन पनि एन्फाको केन्द्रिय समितिको तेस्रो बैठक बस्दैछ । यसअघि निर्वाचन लगत्तै र साउन अन्त्यमा चितवनमा भएको विशेष साधारण सभाका दौरान केन्द्रिय समिति बैठक बसेको थियो ।

बैठकमा फागुनमा नेपालमा आयोजना हुने साफ महिला फुटबल च्याम्पियनसिप, महिला राष्ट्रिय टोली र यू १९ टोलीलाई पुरस्कृत गर्ने, आपतकालिन समितिले गरेका निर्णय, मोफसलमा हुने फुटबल प्रतियोगिताको बर्गिकरण र अर्को वर्ष आयोजना गरिने कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै खेलाडीको विामार उपचार सम्बन्धमा, साधारण सभा र फिफा फरवार्डको सिइओको विषयमा एन्जेडा तय भएको प्रवक्ता राईले बताए । उनले अन्य केहि एन्जेडा थप हुन सक्ने अनुमान समेत गरको छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.