default_image

7 years ago

January 14, 2019

खप्तड गोल्डकप क्वाटरफाइनलमा पाटन डर्बी

159 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – ललितपुरको पाटनस्थित दुई क्लब रुस्लान थ्री स्टार क्लब र भ्याली च्यासल युवा क्लब धनगढीमा जारी तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको तेस्रो क्वाटरफाइनलमा आमनेसामने हुँदैछन् । खेल धनगढी रंगशालामा दिउँसो २:३० बजे सुरु हुनेछ ।

च्यासलले यसअघि दिल्ली फुटबल क्लबलाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । उक्त खेलमा क्लबका लागि डेब्यु गरिरहेका फरवार्ड अर्मान्ड मोएनले ह्याट्रिक गरेका थिए । कमजोर दिल्ली टोलीविरुद्ध च्यासलले दुवै हाफमा ३-३ गोल गरेको थियो । पछिल्लो खेलमा अनुपस्थित रहेका च्यासलका कप्तान देवेन्द्र तामाङ यस खेलमा पनि उपस्थित नहुने सम्भावना प्रबल छ ।

राजधानीमा गतसाता सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थान हासिल गरेको रुस्लान थ्री स्टारले टोलीमा केहि परिवर्तन गरेको छ । दुई विदेशी खेलाडी पिटर सेगुन र अजयी मार्टिन्स धनगढी आएका छैनन् । जावलाखेलका दुई विदेशी खेलाडीलाई थ्री स्टारले टोलीमा समेटेको छ । यसबाहेक डिफेन्डर अनन्त तामाङ पनि टोलीमा जोडिएका छन् ।

यस खेलमा जित हात पार्ने टोलीले सेमिफाइनलमा मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ । मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १० लाख प्राप्त गर्दा व्यक्तिगत विधाको विजेताले १५-१५ हजार रुपैयाँ पाउनेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.