7 years ago
January 14, 2019
दिपक बाहोरा, पाँचथर
दशौं रुस्लान फाल्गुनन्द गोल्डकपको उपाधिको लागी त्रिभुवन आर्मी क्लब र झापा ११ फुटबल क्लब प्रतिस्पर्धा गर्दै छन् । आज दिउँसो २ बजे फिदिम माविको खेलमैदानमा हुने फाइनल खेलले दशौं संस्करणको विजेताको टुङ्गो लगाउनेछ । फाइनल खेलको लागी तयार रहेको दुवै टिमका प्रशिक्षकहरुले जानकारी दिएका छन् ।

प्रतियोगिताको फाइनलसँगै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाउने यमाहाको मोटरसाइकल कसले पाउँछ भन्ने तातो बहस पनि सुरु भएको छ । फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको सर्वोकृष्ट खेलाडीको बन्ला भन्ने विषयमा फुटबल दर्शक, विश्लेषकलगायतसँगको कुराकानीमा तयार पारिएको सम्भावित विजेता:
१. कर्ण लिम्बु – झापा ११

झापा ११ का स्ट्राइकर कर्ण लिम्बु मोटरसाइकल पाउने सम्भावित खेलाडी हुन । उनले यो प्रतियोगितामा चार गोल गरी सकेका छन् । सर्वाधिक गोलकर्ताको होडमा रहेका कर्ण मोटरसाइकल पाउन सक्ने सम्भावित खेलाडी हुन् । कर्ण लिम्बु प्रतियोगितामा एक पल्ट म्यान अफ दि म्याच समेत बनेका छन् ।
२. देवेन्द्र तामाङ – झापा ११

राष्ट्रिय टिमका समेत सदस्य रहेका देवेन्द्र तामाङ पनि उत्कृष्ट खेलाडीको होडमा छन् । यो प्रतियोगितामा निकै राम्रो खेल प्रर्दशन गरी रहेका देवेन्द्र एक पल्ट म्यान अफ दि म्याच बने । सेमिफाइनलमा जित्नै पर्ने खेलमा उनले गोलको अवसर समेत बनाएका थिए ।
३ दिलेन लोक्तान – झापा ११

झापा ११ का डिफेन्डर दिलेन लोक्तनले पनि प्रतियोगितामा राम्रो प्रर्दशन गरी रहेका छन् । उनले कर्ण सिं सोनमा स्मृती क्लब संगको खेलमा एक गोल गरेका थिए । सेमिफाइनलमा उनी म्यान अफ द म्याच समेत बनेका थिए ।
४.युद्ध शाहि – त्रिभुवन आर्मी
त्रिभुवन आमीलाइ फाइनल सम्म पुर्याउन महत्त्वपूर्ण भुमिका निवार्ह गर्ने आर्मीका कप्तान युद्ध शाहिले जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । आर्मीले उनकै प्रेरणाले फाइनलसम्मको यात्रा तय गरेको हो ।
५.करण राई (रोयल फुटबल क्लब दार्जिलीङ)
रोयल फुटबल क्लबका फरवार्ड करण राई जारी प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । प्रतियोगितामा २ गोल समेत गरेका राईले रोयललाई सेमिफाइनलसम्म पुर्याएका थिए । सेमिफाइनल पराजित भएपनि उनको प्रदर्शन उत्कृष्ट थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]