default_image

7 years ago

January 17, 2019

महिला राष्ट्रिय टोलीलाई जनही ५० हजार, यू-१९ लाई पनि नगद पुरस्कार

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय फुटबल टोली र महिला यू १९ टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

म्यानमारमा गत नोभेम्बरमा सम्पन्न ओलम्पिक छनोटमा दोस्रो चरणमा पुग्न सफल भएकाले महिला राष्ट्रिय फुटबल टोलीका हरेक सदस्यलाई ५० हजार रुपैयाँ दिने एन्फा कार्यसमितिको बैठकले आज निर्णय गरेको छ । त्यस्तै एएफसी यू १९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा पुग्न सफल भएको युवा टोलीका सदस्यलाई जनही २५ हजार रुपैयाँ दिने एन्फाले निर्णय गरेको छ ।

अर्को महिना विराटनगरमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको प्रशिक्षणमा रहेका ३० खेलाडीलाई पनि एन्फाले जनही १० हजार रुपैयाँ दिने भएको छ । पहिलो सहभागितामै नेपाली टोली टोकियो ओलम्पिक (सन २०२०) को महिला फुटबलअन्तर्गत एसियाको प्रारम्भिक छनोट चरण पार गर्न सफल भएको थियो ।

कार्तिक अन्तिममा म्यानम्यारमा भएको छनोट चरण पार गर्दै नेपाली टोली अघिल्लो चरण पुग्न सफल भएको थियो । छनोटको समूह ‘सी’ मा रहेको नेपाल समूहमा अपराजित अघिल्लो चरण पुग्न सफल भएको थियो । नेपालले भारत, म्यानमार र बंगलादेशसँग समान १–१ गोलको बराबरी खेलेको थियो ।

नेपाल उत्कृष्ट तेस्रो टोलीको रुपमा दोस्रो चरणमा प्रवेश गर्न सफल भएको थियो । उक्त समूहबाट समूहबाट म्यानमार समूह विजेता तथा भारत समूह उपविजेताको रुपमा दोस्रो चरणमा प्रवेश गर्न सफल भएका थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.