default_image

7 years ago

January 17, 2019

आर्थिक अनियमितताको आरोप लगाउने ४ अध्यक्षमाथि छानबिन हुने

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– निर्वाचनमा आर्थिक अनियमितता भएको आरोप लगाउने चार जिल्लाका अध्यक्षका विषयमा छानविन गरि निर्णय लिन अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुशासन समितिलाई निर्देशन दिएको छ ।

पत्रकार सम्मेलनका क्रममा ४ जिल्लाका पदाधिकारी

वैशाखमा भएको निर्वाचनमा आर्थिक अनियमित भएको भन्दै एन्फा अन्तर्गत काठमाडौंका अध्यक्ष विराटजंग शाही, भक्तपुरका गौतम सुजखु, ललिपुरका पुरुषोत्तम थापा र धादिङका दीपक खतिवडाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै छानविनका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग माग गरेका थिए ।

गत महिना एक सातामा दुई पटक पत्रकार सम्मेलन गर्दै ४ अध्यक्षले १४ बुँदे आरोप लगाएका थिए । एन्फाले चित्त नबुझेको विषयमा छलफल गर्न र आफ्नो राय राख्न पाउने प्रावधान हुँदा हुँदै पत्रकार सम्मेलन गरि सत्यतथ्य हिन अव्यवहारिक लानछाना लगाएको भन्दै छानविन अघि बढाउने बिहीबारको केन्द्रिय समितिको बैठकमा निर्णय गरेको हो ।

वैशाख २२ गते भएको निर्वाचनका दौरान एन्फा अध्यक्ष कर्मा छिरिङको प्यानेलले आर्थिक अनियमिता गरेको भन्दै ४ जिल्ला संघले संयुक्त रुपमा अडियो टेप सार्वजनिक गरेका थिए । एन्फाले आफ्ना निर्णय र अन्य विशेषमा जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन राखेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.