7 years ago
January 17, 2019
वीरगंज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले झापा-११ फुटबल क्लबलाई ६-१ ले पराजित गर्दै विशाल स्मृति फुटवल प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ ।

बिहिबार वीरगंज रंगशालामा भएको दोस्रो सेमिफाइनलमा खेलको दोस्रो मिनेटमा आर्मीका टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । सन्तोष तामाङले १४ औं र २४ औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो हाफमा ३-० ले अगाडी बढाएका थिए ।
दोस्रो हाफको ७० औं मिनेटमा झापाका लक्ष्मण वेघाले आत्मघाती गोल गरेपछि आर्मीको अग्रता बढेको थियो । ७४ औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले व्यक्तिगत दोस्रो गोल गर्दै ५-० को अग्रता दिलाए । ७९ औं मिनेटमा झापाका आशिष चापागाईंले सान्त्वना गोल गरे । ८८ औं मिनेटमा विवेक बस्नेतले अर्को गोल थपेपछि आर्मीले फराकिलो जित पक्का गर्यो ।
शनिबार हुने फाइनलमा आर्मीले हिमालयन शेर्पासँग खेल्नेछ । यससँगै सोमबार पाँचथरमा भएको फाल्गुनन्द गोल्डकपको फाइनलमा आर्मीले झापा ११ सँग भोगेको हारको बदला पनि लिएको छ । प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार ५५५ तथा उपविजेताले २ लाख ७७ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]