7 years ago
January 17, 2019
एजेन्सी – एक गोलले पछि परेको स्थिति उल्ट्याउदै जापानले एसियन कप फुटबलमा उज्वेकिस्तानलाई २–१ ले पराजित गरेको छ । समूह ‘एफ’ को अन्तिम चरणका खेलमा उज्वेकिस्तानमाथिको जितसँगै जापानले समूहमा शत प्रतिशत जित निकाल्यो ।

युएईंस्थित खालिफा विन जायद स्टेडियममा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा जापान खेलको ४०औं मिनेटमा पछि परेको थियो । इल्डोर सोमुरोडोभले गोल गर्दै उज्वेकिस्तानलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले डस्टनवेक खाम्दामोभको पासलाई गोलमा परिणत गरेका थिए ।
एक गोलले पछि परेको तीन मिनेटपछि नै जापानले बराबरी गोल फर्कायो । जापानका लागि यासीनोरी मुटोले सेइ मुरोयाको पासलाई सदुपयोग गर्दै बराबरी गोल फर्काए । ५८औं मिनेटमा टिसुकासा सियोतानीले गोल गर्दै जापानलाई २–१ को जित दिलाए ।

जितसँगै जापानले शतप्रतिशत जितसहित ९ अंक जोड्यो । जापानसाग पराजित भएपनि उज्वेकिस्तान समूहमा ६ अंक जोडेर समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भयो ।
यही समूहको अर्काे खेलमा ओमानले तुर्केमिनिस्तानलाई ३–१ ले पराजित गर्न सफल भयो । ओमानको जितमा अहमेद अल महाजरी, मोसिन अल घसानी र मोहम्मेद अल मुसालामीले गोल गरे । तुर्केमिनिस्तानमा अल्ट्यामुरदले एक गोल फर्काए । ओमानले समूहमा पहिलो जित निकाल्दा तुर्केमिनिस्तान जितविहीन बन्यो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]