7 years ago
January 21, 2019
एजेन्सी – आर्सनलका स्पेनिस डिफेन्डर हेक्टर बेलेरिनले यो सिजनको बाँकी सबै सबै खेल गुमाउने पक्का भएको छ ।

प्रिमियर लिग अन्तरगत शनिबार चेल्सीविरुद्ध २–० को जित निकालेको खेलमा बेलेरिनले दोस्रो हाफमा चोट बोक्दै मैदान छाडेका थिए ।
उनको बाँया खुट्टामा एन्टेरियर क्रुसिएट लिगामेन्टमा समस्या देखिएको थियो । खेलको ७२औं मिनेटमा चोट बोकेपछि उनको स्थानमा मोहमेद इलनिनी मैदान छिरेका थिए ।

एमआरई परिक्षणबाट उनले यो सिजनका बाँकी सबै खेल गुमाउने क्लबले जनाएको छ । आर्सनलका प्रशिक्षक युनाइ इम्रीले उनले चोट बोक्दाको क्षण नै खराब रहेको र दुई दिनपछि उनको चोटबारे विस्तृत थाहा हुने बताएका थिए । यद्यपी उनको चोट निकै जटिल भएकाले कम्तिमा ६ महिना विश्राम गर्नुपर्ने चिकित्सकले जनाएका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]