default_image

7 years ago

January 21, 2019

रुस्लान सिमरा गोल्डकप – हिमालयन शेर्पासँग पुलिस स्तब्ध

115 views

0 Bookmark

सुनिल गाउँले
सिमरा – हिमालयन शेर्पा क्लब रुस्लान सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप विजेता नेपाल पुलिस क्बबललाई २–० ले हराउँदै हिमालयन शेर्पा क्लब दसौं संस्करणको अन्तिम चारमा पुग्न सफल भएको हो ।


रुस्लान थ्री स्टार क्लबलाई खप्तडको फाइनलमा हराएको दुई दिनपछि सोमबारको खेलमा पुलिस खेलको अन्त्यतिर सम्हालिन नसक्दा पराजित भएको थियो । अन्तिम ८ मिनेटमा २ गोल गर्दै हिमालयन शेर्पा भने अघिल्लो चरणमा पुग्न सफल भएको हो । अब हिमालयनले थ्री स्टार क्लब र सिएमजी क्लब संकटाको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

८६ औं मिनेटमा त्रिदेव गुरुङको गोलबाट हिमालन शेर्पाले अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयको चौथो मिनेटमा विश्वास श्रेष्ठले गोल थप्दै हिमालयन शेर्पाको जित निश्चित पारे ।

विश्वास नै खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
नवजनजागृति युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा मंगलबार थ्री स्टार र संकटाबीच प्रतिस्पर्धा हुनेछ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.