7 years ago
January 22, 2019
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत सोमबार राति युभेन्टसले किएभोलाई पराजित गर्दै लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । घरेलु मैदानमा युभेन्टसले ३-० को सहज जित दर्ता गर्यो ।

खेलको १३ अौं मिनेटमा युभेन्टसले डग्लास कोस्टाको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा पाउलो डिबालाको पासमा एम्रे च्यानले गोल गर्दै युभेको अग्रता दोब्बर पारे । लिभरपुलबाट युभेन्ट्स गएयता उनको यो क्लबका लागि पहिलो लिग गोल थियो ।
दोस्रो हाफमा युभेन्ट्सले अग्रता बढाउने थुप्रै अवसर पाएपनि त्यसको भरपुर सदुपयोग हुन सकेन । क्रिस्टियानो रोनाल्डोको लागि भने दिन बिर्सनलायक रहयो । किएभोका मातिया बानिले पेनाल्टी क्षेत्रमा ह्याण्डबल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डो गोल गर्न चुके । उनको प्रहारलाई गोलरक्षक स्टेफनो सोरेन्टिनोले बचाएका थिए । यसबाहेक खेलमा पनि उनी थुप्रै गोल गर्ने अवसरमा चुकेका थिए ।

खेलको ८२ औं मिनेटमा युभेन्ट्सले जित सुनिश्चित गर्यो । फेडेरिको बर्नार्डेसकीको फ्रिकिकमा ड्यानीएले रुगानीले गोल गर्दै ३-० को अग्रता दिलाए । यस जितसँगै युभेन्ट्सले शीर्ष स्थानमा ९ अंकको अग्रता कायम गरेको छ । २० खेलमा युभेले १८ जित र २ बराबरीसँगै ५६ अंक जोडेको छ । दोस्रो स्थानको नेपोलीको २० खेलमा ४७ अंक छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]