7 years ago
January 22, 2019
एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनाले घानाका मिडफिल्डर केभीन प्रिन्स बोटेङलाई लोनमा अनुबन्ध गरेको छ । उनी प्रारम्भिक सम्झौताअनुसार यस सिजनको अन्त्यसम्म लोनमा बस्ने र बार्सिलोनासँग खरिदको विकल्प पनि रहेको बताइएको छ ।

व्यवसायिक करिअरमा युरोपका ठूला लिगको अनुभव बोकेका बोटेङ पछिल्लो समय इटालीको सासुओलोबाट खेलिरहेका थिए । उनले त्यसअघि स्पेनिस लिगमा लास पाल्मासबाट खेलेका थिए । उनले इटालीको एसी मिलान, जर्मनीको साल्का र फ्रान्कफर्ट तथा प्रिमियर लिगमा पोर्ट्समाउथ र टोटेनहम हट्सपरबाट पनि खेलेका छन् । ३१ वर्षीय फरवार्ड बोटेङलाई मंगलबार क्लबले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
जारी सिजन बोटेङले १५ खेलमा ५ गोल गरेका छन् । बार्सिलोनामा आक्रामक खेलाडीको कमी भएपछि क्लबले उनलाई रोजेको हो । पाको अल्कासेर बोरुसिया डर्टमुन्ड र मुनिर एल हदादी सेभिल्ला पुगेपछि क्लबले विकल्पको रुपमा बोटेङलाई भित्र्याएको हो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]