default_image

7 years ago

January 22, 2019

सिटीको १ सय गोल पूरा!

112 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले जारी सिजन १ सयगोल पूरा गरेको छ । युरोपको शीर्ष ५ लिगमा यो उपलब्धि हासिल गर्ने सिटी सिजनको पहिलो क्लब समेत बनेको छ ।

डिसेम्बर महिनामा दुई खेलमा पराजय भोगेपछि सिटी शीर्षस्थानको लिभरपुलभन्दा ४ अंकले पछाडी छ । सिटीले कमजोर प्रतिद्वन्द्वी क्रिस्टल प्यालेस र लेस्टर सिटीसँग हार बेहोरेको थियो । तर लगत्तै लय समातेको सिटीले पछिल्लो ४ खेलमा २२ गोल गरिसकेको छ ।

शनिबार हडर्सफिल्डविरुद्ध ड्यानीलोले लामो दुरीबाट गोल गर्दै अग्रता दिलाएपछि सिटीले गोलको शतक पूरा गरेको हो । त्यसै खेलमा रहिम स्टरलिङ र लेरोए सानेले पनि १-१ गोल थपे । जारी सिजन सिटीका लागि सर्जियो अगुएरो र ग्याब्रिएल जेससले १४-१४ गोल गरेका छन् । स्टरलिङले १२ गोल गर्दा सानेले ११ गोल गरिसकेका छन् । सिटीका लागि १७ फरक खेलाडीले गोल गरेका छन् ।

सिटीलाई ९० गोल गरेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पछ्याईरहेको छ । स्पेनिस लिगको बार्सिलोनाले पनि ७८ गोल गरेको छ । सेभिल्ला ७१ र टोटेनहम हट्सपर ७० गोलसहित शीर्ष ५ मा अटाएका छन् । अघिल्ला सिजनमा वर्चस्व जमाउने रियल भने शीर्ष सुचिमा छैन ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.