default_image

7 years ago

January 22, 2019

महिला टोलीले साफ अगाडि भारतमा प्रतियोगिता खेल्ने

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अर्को महिना भारतको भुवनेश्वरमा ४ राष्ट्रसम्मिलित प्रतियोगिता खेल्ने भएको छ ।

भारतको भुवनेश्वरमा ७ देखि १७ फेब्रुअरीसम्म हुने प्रतियोगितामा भारतसहित म्यानमार, श्रीलंका र नेपालले प्रतिस्पर्धा गर्नेछन् । मार्च १२ देखि विराटनगरमा हुने साफ च्याम्पियनसिपका लागि यस प्रतियोगितालाई तयारीको रुपमा लिइएको छ ।

नेपाल साफ च्याम्पियनसिपको समूह ‘ए’ मा बंगलादेश, भुटान र पाकिस्तानसँग रहेको छ । अघिल्लो संस्करण सेमिफाइनलमा पराजित भएको नेपाल पाँचौ संस्करणसम्म आइपुग्दा सुरुवाती ३ संस्करणमा भने उपविजेता बनेको थियो । अहिलेसम्म नेपालले चारै संस्करणमा भारतसँग पराजित हुँदै घर फर्कनुपरेको छ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.