7 years ago
January 22, 2019
एजेन्सी – दक्षिण कोरियाले बहराइनललाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै एसियन कपको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

एसियन कप अन्तर मंगलबार भएको खेलको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको थप गरिएको १५ मिनेटको इन्ज्युरी समयको दोस्रो मिनेटमा जिन सु किमले गोल गर्दै दक्षिण कोरियालाई २–१ को जित दिलाउँदै अन्तिम आठमा पुर्याए ।

युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित अल रसिद स्टेडियममा भएको खेलको ४३औं मिनेटमा ही चान वाङले गोल गर्दै दक्षिण कोरियालाई खेलमा अग्रता दिलाएका थिए । उनले डि–बक्सको ठीक बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

७७औं मिनेटमा बहराइनका मोहम्मद मार्जुकले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । उनले क्लोज रेन्जबाट बराबरी गोल फर्काएका थिए । बराबरीपछि ७८औं मिनेटमा ही चान वाङको थ्रु पासमा लि योङले गोल गरेपनि रेफ्रीले अफसाइड दिएका थिए । खेलमा दक्षिण कोरियाले बल पोजेसन राखेपनि थप गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अब दक्षिण कोरियाले कतार र इराकबीचको विजेतासँग खेल्नेछ । यसअघि चीन, इरान, भियतनाम, जापान, यूएई र अष्ट्रेलियाले अन्तिम आठमा स्थान बनाइसकेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]