default_image

7 years ago

January 25, 2019

‘बेलले रोनाल्डोको ठाँउ लिनुपर्छ’

108 views

0 Bookmark

कार्डिफ (एजेन्सी)– रियल म्याड्रिड एवंम वेल्सका पूर्व प्रशिक्षक जोन टसहाकले गेराथ बेलले क्रिस्टियानो रोनाल्डोको उत्तराधिकारीका रुपमा आफुलाई प्रस्तुत गर्नुपर्ने बताएका छन् । पछिल्लो समय वेल्सका बेलले चोटका कारण धेरै जसो समय बेन्चमा बिताएका छन् ।

पछिल्ला केहि सिजन मैदान बाहिर बढी बस्नु परेका कारण उनी टोलीका लागि अपेक्षाकृत खेलाडी हुन सकेनन् । रोनाल्डोको बर्हिगमन पछि बेलले उनको ठाँउ लिने अनुमान गरिएको थियो ।

टसहाकले बेलले रोनाल्डोको भूमिका लिनुपर्ने बताएका छन् । मैदानको तल सम्म झरेर खेलका बारेमा अध्ययन गरे प्रभावकारी भूमिका खेल्न उनले बेललाई सुझाएका छन् ।

‘रोनाल्डो विड्गर हुन् । उनले गोल गर्ने अरुलाई गोलका लागि पनि भूमिका निर्वाह गरे,’ टसहाकले भने,’ बेल पनि सर्वकालिन उत्कृष्ट खेलाडी मध्येका एक हुन् । यदि उनी रियलमै रहन चाहन्छन् भने उनले रोनाल्डोले जे गरे त्यस्तै गर्न सक्नुपर्दछ । ‘

बेलले सफलता प्राप्त गर्नका लागि त्यहि अनुरुपको मेहनत गर्नपर्नेमा जोड दिदै टसहाकले चोट कारण बेल अभागी भएको बताए । ‘उनले जति गर्न सके त्यो भन्दा बढी गर्न सक्थ्ये । तर चोटले उनलाई गाह्रो पर्यो,’ उनले थपे, ‘चोटबाट फर्केर पुरानै अवस्थामा प्रदर्शन गर्न कठिन हुन्छ ।’

रोनाल्डोको प्रस्थानपछि रियलको आवश्यकता पूरा गर्न नसक्ने हो भने बेलले नयाँ क्लबबाट उच्च सुरुवात गर्नुपर्ने टसहाकले सुझाएका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.