7 years ago
January 23, 2019
सुनिल गाउँले
सिमरा – त्रिभुवन आर्मी क्लब रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा बिहीबार भएको प्रतिपर्धात्मक खेलमा साविकको विजेता आर्मीले आयोजक नव जनगागृति युवा क्लबलाई १–० ले पराजित गर्दै लगातार दोस्रो वर्ष सिमरा गोल्डकपको उपाधि नजिक पुगेको हो ।
आर्मीलाई जिताउन कप्तान भरत खवासले दोस्रो हाफको शुरुवातमै गरेको गोल नै निर्णायक बन्यो । कप्तान खवासले ५०औं मिनेटमा गोलरक्षक टकेन्द्र थापा अघि बढेको अवस्थामा चिप गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

१ गोलले पछि परेपछि घरेलु टोलीले आर्मीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । खेलको इन्ज्युरी समयतिर नव जनजागृतिले दुई सुन्दर अवसर खेर फालेका थिए ।
अब आर्मीले उपाधिका लागि बिहीबार हुने रुस्लान थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीचको विजेतासँग खेल्नेछ ।
आर्मीले एक साताअघि विशाल मेरोरियल गोल्ड कपको उपाधि जितेको थियो । गतवर्ष आर्मी र थ्री स्टारले फाइनल खेलेका थिए । १०औं संस्करणको सिमरा गोल्डकपको विजेताले ६ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]