7 years ago
January 25, 2019
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका लेफ्ट ब्याक मार्सेलो बेर्नाबेउ छाड्न चाहिरहेको बताइएको छ । मार्सेलो पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोसँग खेल्नका लागि युभेन्ट्स जान चाहेको चर्चा स्पेनिस मिडियामा छाएको छ ।

३० वर्षे रक्षक सान्टियागो सोलारीकोको प्रशिक्षणमा यो सिजन संघर्ष गरिरहेका छन् । जसका कारण यो सिजनको सुरुवातमा उनी धेरै खेलमा बेन्चमै रहेका छन् । सोलारीको आगमनसँगै मार्सेलो टोलीमा पर्न संघर्षरत छन् ।
युभेन्ट्सबाट आउने कुनै पनि प्रस्तावलाई म्याड्रिडले स्वीकार गरोस् भन्ने पक्षमा मार्सेलो रहेको बताइएको छ । जसले उनी पुनः रोनाल्डोसँग खेल्ने वातावरण बन्न सक्दछ । रियलमा हुँदा मैदान भित्र वा बाहिर यी दुईबीच निकै गहिरो दोस्ती थियो ।
सन् २००६ यता मार्सेलो रियलको महत्वपूर्ण खेलाडीका रुपमा रहँदै आएका छन् । उनले रियलबाट ४ सय ७१ खेल खेलिसकेका छन् । उनले रियलसँग रहेर ४ ला लिगा, २ कोपा डेले रे र ४ पटक च्याम्पियन्स लिग उपाधि जितेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]